लामो पर्खालका नाकाहरुका बारेमा चर्चा

         लामो पर्खालका दुर्गम क्षेत्रहरुमा नाकाहरु बनाइएका छन्। ती नाकाहरुमध्ये केही प्रसिद्ध नाकाका नामसँग रमाइलो कथा जोडिएको छ।

       "लामो पर्खालको प्रथम नाका" भन्ठानिएको शान हाइ क्वान नाका ह पै र ल्याऊ निंग यी दुइवटा प्रान्त जोडिने क्षेत्रमा अवस्थित छ। यो ठाउँ लामो पर्खालको शुरुवात हो। शान हाइ नाकाको पूर्वतिर येन शान पहाड पर्दछ भने दक्षिणतिर पो हाई समुद्र। शान्दार पहाड र सुन्दर समुद्रले त्यस स्थानलाई ज्यादै रमणीय बनाएको छ। शान हाइ क्वान नाकाको नाम पनि पहाडको शान र समुद्रको हाइ जोडीएर बनेको छ।

          शान हाइ क्वान नाका मिंग वंशका प्रसिद्ध जनरल स्यु ताले निर्माण गर्नलगाउनु भएको थियो। मिंग वंशकालमा ती प्रसिद्ध जनरलले गहन रणनैतिक दृष्टिकोण बमोजिम पहाडी र समुद्री क्षेत्रको नियन्त्रण गरिने सो शान हाइ क्वान नाकाको निर्माण गराउनुभएको थियो। सो नाकाका चारवटा द्बार छन्। पूर्वी द्बारभित्रको पहिलो भवनमा "विश्वको प्रथम नाका" लेखिएको एउटा ठूलो बोर्ड झुण्ड्याइएको छ। सो बोर्डको लम्बाइ 5.90 मिटर छ भने चौडाई 1.60 मिटर। बोर्डमा रहेका अक्षरको लम्बाइ 1.45 मिटर छ भने चौडाइ 1.09 मिटर। यी अक्षर मिंग वंशका प्रसिद्ध लिपीकार स्याऊ सेनले लेख्नुभएको हो। तर सो बोर्डमा लिपीकारको नाम लेखिएको छैन। किनभने लिपीकार स्याऊ सेनले सो बोर्डमा केही अक्षर लेखेपछि उहाँलाई केही असन्तोष लागेको थियो। त्यसपछि उहाँले त्यहाँ छेऊमै रहेको एउटा सानो रेस्टुराँमा बसेर रक्सी पिउनुभयो। टेबुलमा पोखिएको वा खसेको रक्सीबाट बनेको आकृति देख्दा उहाँलाई ज्यादै मन पर्छ। उहाँले सो छायाँमा देखिएको आकार बमोजिम बाँकी अक्षर लेख्नुभएको थियो। उहाँले सो बोर्डमा आफ्नो नाम लेख्न विचार गर्नुभएको थिएन। यसैले सो प्रसिद्ध बोर्ड लिपीकारको नाम अंकित नभएका विरलै देखिने प्रसिद्ध बोर्डहरुमध्येको एक बनेको छ।

            लामो पर्खालको पश्चिमी भागको शुरुवात अर्थात् च्या यु क्वान नाका कान सु प्रान्तको च्या यु क्वान शहरमा पर्दछ। सो नाका मिंग वंशको "होंग ऊ पाँच वर्ष" अर्थात् सन् 1372 मा निर्माण गरिएको थियो। सो नाका च्या यु क्वान पहाडमा रहेकाले त्यसको नाम त्यस पहाडको नामबाट राखिएको हो। यस नाकामा युद्ध नभएका कारण यसलाई शान्ति नाका पनि भनिन्छ।

             वल्लो शान सी प्रान्तको फिंग तिंग राज्यमा अवस्थित न्यांग च क्वान अर्थात् महिला नाका पनि निकै दुर्गम स्थानमा रहेको नाका हो। त्यहाँ अग्ला-अग्ला चुचुराहरु रहेकाले भौगोलिक स्थिति निकै विकट छ। थांग वंशको शुरुमा सम्राट ली युआनकी तेस्री छोरी अर्थात् राजकुमारीफिंग यांगले हजारौं सेनालाई डोर्‍याएर यहाँ तैनाथ गर्नुभएको थियो। राजकुमारी फिंग यांग निकै युद्ध कुशल भएका कारण मानिसले उहाँको नेतृत्वमा रहेका सेनालाई महिला सेनाको नाम दिएका थिए। पछिका मानिसहरुले सो नाकाको नाम महिला नाका राखेका हुन भनिन्छ। सो नाकाको पूर्वी द्बारभित्रको भवनमा "महिला नाका" लेखिएको हालसम्म पनि देखिन्छ।

              कान सु प्रान्तको तुंग ह्वांग राज्यको उत्तर-पश्चिमी शहरमा रहेको यु मन क्वान नाका प्राचीनकालमा सिन च्यांगमा उत्पादित जेड चीनका मध्य भागमा लैजाँदा सोही नाकाभएर लैजानुपर्ने भएका कारण सो नाकाको नाम यु मन क्वान राखिएको हो।

             वल्लो शान सी प्रान्तको फेन थौ राज्य अवस्थित फेन थौ नाकाको नाम निकै विशेष र अच्चमको छ। त्यसको नाम फेन थौ राख्नुको कारण त्यहाँको भौगोलिक स्थिति, पूर्वी भाग अग्लो र पश्चिमी भाग होचो भएकाले सो नाकालाई यस्तो विशेष र अच्चमको नाम दिइएको हो।

             वल्लो शान सी प्रान्तको ताई सेन राज्यको एउटा भन्ज्याङलाई पार गर्ने बाटोमा येन मन क्वान अर्थात् कर्‍याङकुरुङ नाकाका दुइ किनाराका पहाडहरु निकै अग्ला छन्। कर्‍याङकुरुङ यहाँ पहाडमाथिबाट उड्न सक्दैनन। त्यसैले तिनीहरु बाध्य भएर भन्ज्याङमाथिबाट उडेर सो नाकाबाट अगाडि बढ्छन्। यसैले मानिसले यस नाकालाई येन मन अर्थात् कर्‍याङकुरुङ नाकाको नाम दिएका हुन।