"पश्चिमको यात्रा"

         "पश्चिमको यात्रा" चीनको प्राचीन साहित्त्यक इतिहासको सबैभन्दा सफल पौराणिक उपन्यास हो। यसमा सन सातौं शताव्दीमा चीनका प्रसिद्ध वौद्ध महाभिक्षु व्हन्सांगले भारत गएर वौद्ध धर्म सम्बन्धी पुस्तक चीन ल्याएको कुरा र श्री व्हन्सांग र उनका तीनजना चेलाहरुले पुस्तक ल्याउन जाँदा बाटामा भोग्नुपरेका विभिन्न कठिनाइ र खतराबारे उल्लेख गरिएको छ। तर यो कथा मात्र हो, वास्तविक कुरा होइन। यस उपन्यासमा लेखकले कुनै पनि खराब शक्तिसँग संघर्ष गर्ने बाँनर-देवता सुन उ खुंगको सफल रचनाका साथै वास्तविक जीवन बारे आफ्नो इच्छा अप्रत्यक्ष रुपमा व्यक्त गर्नुभएको छ।

            यस उपन्यासका उपन्यासकार ऊ छंग अनको जन्मथलो चीनको च्यांग सु प्रान्तको व्हाइ आन शहर हो। उहाँ सानै उमेरदेखि चलाख हुनुका साथै बढी रुची र अनेक क्षेत्रमा असामान्य क्षमताका कारण उहाँको नाम आफ्नो जन्मथलोमा फैलिएको थियो। चित्र र हस्तलिपि लेख्न सिपालु हुनुका साथै धुन बनाउने र चेस खेल्ने पनि उहाँको रुची थियो। तर सामन्तवादी समाजको अनुचित परीक्षा व्यवस्थाका लागि उहाँ सधैं नै अनुतिर्ण हुनुभएको थियो। त्यसैले उहाँको आर्थिक अवस्था एकदमै नाजुक हुनपुगेको थियो भने उहाँको जीवन निकै दु:खी थियो। यस्तो अवस्थामा सामन्ती शासनको भ्रष्टाचार र समाजमा विद्यमान असमानताको विरोध गर्ने बीउ उहाँको मनमा गाडिएको थियो। उहाँले आफ्ना सबै रिस, आवेग र इच्छालाई आफ्नो उपन्यास "पश्चिमको यात्रा" मा व्यक्त गर्नुभएको थियो। बूढो भएपछि उहाँले सो उपन्यास पूरा गर्नुभएको थियो भने यसका लागि उहाँले जीवनभरि काम गर्नुभएको थियो। सानो उमेरको छँदा श्री ऊ छंग अनले आफ्ना बुबासँग केही पूरानो मन्दिरहरुमा घुम्दा उहाँका बुबाले उहाँलाई धेरै स्थानीय पौराणिक कथाहरु सुनाउँनुभएको थियो। तीस वर्षको उमेरसम्म उहाँले सुनेका कथाहरुको संख्या थुप्रै भैसकेको थियो र उहाँले यसबाट प्रेरित भएर उपन्यास लेख्ने विचार गर्नुभयो। पचास वर्षको उमेरतिर उहाँले "पश्चिमको यात्रा" को अघिल्ला भाग लेख्नुभएको थियो र त्यसपछि केही वर्षसम्म उहाँले काम स्थगित गर्नुभएको थियो। बूढो भएपछि आफ्नो जन्मथलो फर्केर उहाँले "पश्चिमको यात्रा" पूरा गर्नुभयो।

         "पश्चिमको यात्रा" शिर्षकको यस उपन्यासमा उल्लेखित देवता र भूतहरुले क्रमश: न्याय र दुष्टताको प्रतिनिधित्व गर्दछन। सो उपन्यासमा सिर्जना गरिएको अनौठो पौराणिक विश्वमा जतातत्तै मानव जातिको विश्वको प्रतिबिम्ब देखिन्छ। देवताको भवन पवित्र भए तापनि आकाशको सम्राट निकै मूर्ख छ भने देवताहरुको शासन व्यवस्था र मानव जातिको शासन व्यवस्थामा खासै भिन्नता देखिन्छ। अर्कातिर श्री ऊ छंग अनको उपन्यासको बहादुर पात्र सुन ऊ खुंगले आफ्नो हतियारको प्रयोग गरी खराब काम गर्ने सबै भूतहरुलाई समातेको छ वा मारिदिएको छ। यसबाट त्यति बेलाको समाजमा विद्यमान क्रुरताको उन्मूलन गर्नुपर्ने श्री ऊ छंग अनको दृढ इच्छा भएको कुरा छर्लङ्ङ हुन्छ।

            श्री ऊ छंग अनको "पश्चिमको यात्रा" ले ठूलो प्रभाव पारेको छ। विगत सैयौं वर्षदेखि यता यो उपन्यास सधैं नै वाल साहित्य, चलचित्र र टेलिभिजनका कार्यक्रम तथा ओपरा रचनाको मुहान रहँदैआएको छ।