"हुँ लौ मंग" अर्थात राती भवनको सपना

       सन आठौं शताव्दीको मध्यतिर छिंग वंशका सम्राट छ्येन लुंगको शासनकाल समृद्धिको अवधिमा थियो। त्यति बेला चीनमा सामन्तवादी समाजको अन्त्य हुनलागेको अनुमान गरिएको एउटा लामो उपन्यास देखापरेको थियो। यो नै श्री छाउ स्वे छिनले लेख्नुभएको "हुँ लौ मंग" हो।

           "हुँ लौ मंग" लाई चीनको प्राचीन उपन्यासको कोसे ढुंगा मानिएको छ। श्री छाउ स्वे छिनको परीवार पहिले निकै धनी थियो तर पछिगएर निकै गरिब भएको थियो। उहाँको यस्तो जीवनबाट "हुँ लौ मंग" लेख्नका लागि आधार तयार भएको थियो। बुढेसकालमा उहाँले एकदमै दु:खी र कठीन जीवन बिताउनुपरेको थियो। त्यस्तो अवस्थामा उहाँले "हुँ लौ मंग" को अघिल्लो भाग लेख्नुभएको थियो। तर यसलाई पूरा गर्न नपाउँदै रोग लागेर उहाँको मृत्यु भयो।

          "हुँ लौ मंग" को अर्को नाम "ढुंगाको कथा" हो। श्री छाउ स्वे छिनको निधनअघि नै "हुँ लौ मंग" प्रचलित भइसकेको थियो। उहाँको स्वर्गे भएपछि काउ अ नामका एकजना लेखकले उहाँको विचारको अनुमान गरी त्यसको पछिल्लो भाग लेखेर "हुँ लौ मंग"लाई पूर्ण पार्नुभयो।

            "हुँ लौ मंग" एउटा विश्वकोष रुपी उपन्यास हो। यसमा त्यति बेलाको चीनको सामाजिक जीवनका विभिन्न क्षेत्रहरु— सम्राटदेखि सामान्य किसानसम्म— बारे उल्लेख गरिएको छ। यसमा उल्लेखित समाजको उच्च तहका व्यक्तिहरुको सत्कार कार्य तथा सर्वसाधारणद्बारा बृक्षारोपण, ज्योतिषी र नाच-गान आदि विषयहरुबाट छिंग वंशकालको सामाजिक जीवनका विभिन्न पक्षहरु बारे स्पष्ट रुपमा बुझ्न सकिन्छ।

            श्री छाउ स्वे छिनले लेख्नुभएको "हुँ लौ मंग" मा मुख्यतया च्या, श, वांग तथा स्वे थरका चारवटा परीवारहरुको कथा-विवरण समावेश गरिएको छ। श्री छाउ स्वे छिनले यस उपन्यास मार्फत अधिकांश महिलाहरु, विशेष गरी युवतीहरुको संख्या बढी रहेको सानो समाज र वाह्य क्षेत्रसँगको सम्पर्कका कारण सामन्तवादी समाजको द्योतक ठानिएको च्या थरको परीवार समृद्धिको अवधिबाट पतनतिर गैरहेको अवस्थाका बारेमा व्याख्या गर्नुभएको छ।

          "हुँ लौ मंग" मा उल्लेख गरिएका व्यक्तिहरुको संख्या सात सयभन्दा बढी छ। श्री छाउ स्वे छिनले महिला, विशेष गरी युवतीको जटिल र संवेदनशील भावनाबारे राम्रोसँग व्याख्या गर्नुभएको छ। उहाँले ठूलो सहिष्णुता देखाएर जीवन र प्रेमबारे ती केटीहरुको इच्छा र भावना अभिव्यक्त गर्नुका साथै वातावरण र समाजद्बारा तिनीहरुमाथिको नियन्त्रण र त्यसको असरबारे पनि प्रष्ट पार्नुभएको छ।

             "हुँ लौ मंग" को यस उपन्यासको कला-मूल्य सम्बन्धी छलफलको अन्त्य हुनसक्दैन। त्यसको भाषा, बनौट तथा त्यसमा उल्लेखित व्यक्तित्वहरुको अवस्थाबाट त्यो चीनको प्राचीन उपन्यासको क्षेत्रमा सबैभन्दा उच्च तहमा रहेको देखिन्छ।