न्यु वाद्बारा मान्छे बनाइएको कथा

            ग्रीसको कहानी, आदिमकालीन इजिप्टको कहानी र यहुदीको कहानीमा देवताले मानिसलाई बनाएको कुरा उल्लेख गरिएको छ। अनि चिनियाँ कहानीमा लोग्ने मान्छे र स्वास्नी मान्छेलाई कसरी बनाइयो त भन्ने बारेमा उल्लेख गरिएको छ। प्राचीनकालको भनाइ अनुसार न्यु वा नामकी एउटी

            देवीले मानिस बनाएकी थिइन। उसको शरीर मान्छेको र पुच्छर नागको थियो।

             चिनियाँ कहानीको अनुसार फाङ्ग कु नामका महा-बहादुरले विश्वको सिर्जना गरेपछि न्यु वा आकाश र भुइँमा यता-उता घुमिरहेकी थिइन। त्यस बेला पृथ्वीमा हुन त घाँस, रुख, पहाड, नदी, चरा, जनावर, किरा र माछा देखा परेका थिए, तर प्राणीहरु थिएनन। त्यस बेला त्यहाँ मानिस थिएनन। यसैले न्यू वा देवीलाई एक्लोपन अनुभव भयो।

           न्यु वाले पृथ्वीमा विचरण गर्दा-गर्दै विचार गरिन। घाँस र रुखको तुलनामा मलाई चरा, जनावर, किरा र माछा जस्ता लचिलो प्राणी झन मन पर्छ। उनले फाङ्ग कुले सिर्जना गरेका बुद्धि कम भएका चरा र माछाजस्ता प्राणीहरुलाई हेरेपछि आफूले यी प्राणीहरुको तुलनामा झन् उत्कृष्ठ प्राणीको सिर्जना गर्ने निर्णय गरिन।

            उनी व्हाङ्ग हो नदीको किनारमा सयर गर्दा आफ्नो सुन्दर छायाँ देखिन् र उनलाई खुशी लाग्यो। उनले व्हाङ्ग हो नदी मुनिको माटोले आफ्नो आकारबमोजिमको प्राणी बनाउने निर्णय गरिन। केही क्षणमै उनले आफूजस्तै धेरै माटोका प्राणी बनाइसकिन । तर ती माटोका प्राणीहरुका खुटा थिए, नागकोजस्तो पुच्छर थिएन। न्यु वाले ती माटाका प्राणीको जीउमा सास भरिन। ती माटाका प्राणीहरु तुरुन्तै जीवित बने। तीनीहरु उभिन, हिंड्न र बोल्नसक्ने मान्छे बने। तीनीहरु निकै चलाख र फुर्तिला थिए। न्यू वाले तीनीहरुलाई मान्छे भनिन। न्यू वाले तीमध्येका कुनै मान्छेलाई भाले र कुनै मान्छेलाई पोथी बनाइन्। भालेलाई लोग्ने मान्छे र पोथीलाई स्वास्नी मान्छे भनिन। ती मान्छेहरुले विश्वका लागि लचिलो बातावरण तयार पारेका छन्।

            देवी न्यु वाले मानव जातिलाई पृथ्वीका विभिन्न स्थानमा फैलाउने विचार गरिन्। तर उनी ज्यादै थाकेकाले मान्छे बनाउने गतिमा मन्दी आयो। चलाक न्यु वाले एउटा डोरी नदी मुनिको माटोमा घुमाएर त्यसैको सहायताले माटो तान्ने व्यवस्था मिलाएकी थिइन्। त्यसपछि उनले त्यस डोरीलाई माथि उठाएर भुइँमा लहराइन्। डोरीमा टाँसिएका सबै माटोका साना-तिना डल्ला भुइँमा खसेपछि ती सबै डल्ला साना-साना मान्छे बने। यसरी देवी न्यु वाले विश्वभरिका मानिसहरुलाई बनाएकी हुन। ती पुरुष र महिलाहरु न्यू वाको वरिपरि बसेर उफ्रेर खुशियाली मनाउछन।

            पृथ्वीमा मानव जातिको उत्पत्ति भयो। अब न्यू वाको कार्यभार शायद पूरा भयो होला। तर चलाक देवी न्यु वाको दिमागमा फेरि नयाँ सोचाइ आयो: मानव जातिको जीवन कसरी अझ बढी सुखमय हुनसक्छ। वास्तवमा हरेक मान्छेको अन्त्य हुन्छ। एक जमात् मान्छेको मृत्यु भएपछि फेरी अर्को जमातका मान्छेलाई बनाउँदा धेरै दु:ख गर्नुपर्छ। त्यसैले न्यु वाले महिला र पुरुषलाई दम्पत्तिका रुपमा स्थापित गरिन। एउटै परीवारमा लोग्ने मान्छे र स्वास्नी मान्छे मिलेर आफैले सन्तान जन्माउने र हुर्काउने जिम्मा तय गरिन। त्यसपछि मानव जातिले युगौं-युगदेखि उक्त काम एक पछि अर्को गरी गर्दैआइरहेको छ।