छी ची क्वाङ
         चीनको फु च्यान प्रान्तमा पर्ने यु पर्वतमा छी ची क्वाङको स्मृतिमा बनाइएको एउटा मन्दिर छ। धेरै पर्यटकहरु त्यहाँ पुगेर बहादुर छी ची क्वाङको मूर्ति हेर्छन र उनले जापानी समुद्री डाँकाहरुको प्रतिरोध गरेकोमा त्यसको परिणाम वा उपलव्धिको स्मरण गर्छन।

         छी ची क्वाङ चीनको इतिहासमा मिङ राज-वंशको शासनकालका प्रख्यात जनरल थिए। आफ्ना बुबाको प्रभावमा परेर सानै उमेरदेखि सैनिक विषयमा जिज्ञासु बनेका उनले सिपाही बन्ने विचार गरे। त्यति बेला चीनको समुद्री क्षेत्रमा जापानीहरुले कहिलेकाहीं आक्रमण गर्नेगरेका थिए। छी ची क्वाङ जापानी समुद्री डाँकाहरुको गतिविधिलाई घृणा गर्दथे। सोह्र बर्षीय छी ची क्वाङले एउटा कविता लेखेर आफ्नो आशा पदाधिकारी बन्नु होइन, बरु मातृ-भूमिको समुद्री क्षेत्रमा शान्ति-सुव्यस्था कायम गर्नु हो भन्ने कुरा स्पष्ट पारे। सत्र वर्षको उमेरमा उनले आफ्ना बुबाले जस्तै सैनिक जीवन शुरु गरे। छी ची क्वाङले सैनिक पद सम्हाल्नेबित्तिकै जापानी समुद्री डाँकू सम्बन्धी समस्याको समाधानलाई सबैभन्दा प्रमथ स्थानमा राखेर काम शुरु गरे।

         ती जापानी समुद्री डाँकू जापानको गृह-युद्धमा हारखाएका सेना, जापानी गुण्डा तथा केही व्यापारीहरु थिए। चौधौं शताव्दीमा चीनको युआन राज-वंश कालको अन्त्यदेखि मिङ राज-वंशको शुरुसम्म ती समुद्री डाँकूहरुले डुंगामा आएर चीनको समुद्री क्षेत्रमा सामान खोस्ने, मान्छे मार्ने गर्दथे। पन्ध्रौं शताव्दीमा तीनीहरुको गतिविधि अरु तिव्र भएको थियो। उनीहरुले चीनको समुद्री तटवर्ती क्षेत्रमा बस्ने स्थानीय चिनियाँ व्यापारी एवम् जमीनदारहरुसँग मिलेर केही जिल्ला कब्जा गरे। ती जापानी समुद्री डाँकूहरु चीनको दक्षिण-पूर्वी समुद्री क्षेत्रका लागि सामाजिक बिथितिका श्रोत बने।

         सन 1555मा छी ची क्वाङले शान् तुङमा ती जापानी समुद्री डाँकूहरु माथि प्रहार गरेर विजय हासिल गरेकाले त्यति बेलाका शासकले उनलाई च च्याङ पठाए। त्यो ती जापानी समुद्री डाँकूहरुको गतिविधि बढी भएको मुख्य ठाँउ थियो। छी ची क्वाङले किसान तथा खानी-मजदूरहरुको एउटा रक्षक दलको गठन गरे। यसका साथै दक्षिणी चीनमा दलदल क्षेत्र बढी भएको र ती जापानी समुद्री डाँकूहरुको संघर्ष गर्ने विशेषता वमोजिम उनले "युआन याङ चन" भन्ने एक किसिमको सिपाहीं तैनाथ गर्ने उपायको सिर्जना गरे। संघर्षमा छी ची क्वाङले आगो तथा तीरको सहारा लिए। उनले शत्रु एक सय पाइला पर आइपुगेपछि आगोले प्रहार गरे भने सट्ठी पाइलाभित्र आए पछि तीर हाने। र अझ नजिक आएपछि "युआन याङ चन" ले तीनीहरुलाई मारे।

         छी ची क्वाङको कडा तालिममा खरो उत्रेको चार हजार सदस्यीय त्यस दलले संघर्षमा विजय हासिल गर्‍यो र स्थानीय मानिसहरुबाट सम्मान पायो। यस दललाई "छीको सेना" भनिन्यो।

         सन 1561मा एक सयवटा डुंगामा आएका हजारौं जापानी समुद्री डाँकूहरुले च च्याङमा रहेको थाइचौ क्षेत्रमाथि आक्रमण गरे। छीको सेनाले यो खबर पाएपछि छिटो-छिटो त्यहाँ गएर थाइचौमा नौ पटकसम्म उनीहरुसँग संघर्ष गरे र नौ पटक नै विजयी भए। ती जापानी समुद्री डाँकूहरु सबैलाई मारे। त्यसपछि ती जापानी समुद्री डाँकूहरु छी ची क्वाङको नाम सुनेर डराउन थाले। यस संघर्षमा ठूलो उपलव्धि हासिल गरेकाले छी ची क्वाङलाई अरु उच्च पदमा नियुक्त गरियो। उनले फु च्यानमा ती जापानी समुद्री डाँकूसँग संघर्ष गरे।

         छी ची क्वाङ र उनका सेनाको साझा शक्तिका सामु ती जापानी समुद्री डाँकूहरुको केही लागेन, उनिहरु पराजित भए। च च्याङ, फु च्यान आदि क्षेत्रमा स्थिति शान्त भयो। त्यसपछि ती ठाँउहरुको अर्थतन्त्र पनि समृद्ध हुँदैगयो।