थांग यन र उहाँको "गधामा चढेर आफ्नो घरको सम्झना गरिरहेको चित्र"

            चीनको मिंग वंशका प्रसिद्ध साहित्त्यिक थांग यन (1470-1523) को उप-नाम पो हु हो भने उहाँको साहित्त्यिक नाम ल्यु रु च्यु श हो। उहाँ चीनको ऊ जिल्ला (अहिलेको सु चौ शहर) मा जन्मनुभएको थियो। उहाँलाई कविता रच्न आउँछ भने उहाँ चित्रकलामा पनि निकै पोख्त हुनुहुन्थ्यो। बूढो भएपछि उहाँ धर्मप्रति आकर्षित हुनुभएको थियो।

              उहाँले बनाउनुभएको "गधामा चढेर आफ्नो घरको सम्झना गरिरहेको चित्र" मा पहाड, रुख र घरहरु हुनुका साथै पहाडका बीचमा बगिरहेको खोला देखिन्छ, हरियो रुखका हाँगोहरु मन्द हावामा हल्लिरहेका छन र एकजना मान्छे गधामा चढेर पहाडमा भएको घरमा दौडिरहेको दृश्य पनि देखिन्छ। यसका अतिरिक्त, सो चित्रमा नजिकै देखिने एउटा काठको पुलमा एकजना दाउरे काठहरु बोकेर हिंडिरहेको छ। सो चित्रमा श्री थांग यन आफैंले एउटा कविता पनि लेख्नुभएको थियो। "गधामा चढेर आफ्नो घरको सम्झना गरिरहेको चित्र" बाट श्री थांग यनको चित्रकारिताको विशेषता प्रतिबिम्बित हुन्छ।