चीनको छिन वंशका पहिला सम्राटको समाधिस्थलमा समाधिष्ट गरिएका तामाका गाडी र घोडाहरुबारे

         चीनमा छिन वंशका टेराकोटा फेला पारिएको छ वर्षपछि अर्थात सन 1980 मा चीनका पूरातत्वविदहरुले छिन वंशका पहिला स्रमाट— छिन श व्हांगसँगै समाधिष्ट गरिएका तामाका गाडी र घोडाहरु पनि फेला पारेका थिए। यसले विश्वको निकै ध्यानाकर्षण गरेको छ।

         उक्त राष्ट्रिय अमूल्य पूरातात्विक वस्तु पत्तो लगाउने प्रथम पूरातत्वविद यांग सयु हुनुहुन्छ। त्यति बेला उहाँले छिन श व्हांग सम्राटको समाधिस्थलदेखि बीस मिटर वरीपरिको क्षेत्रमा सर्भेक्षण गरिरहनुभएको थियो। त्यस क्रममा उहाँले अकस्मात जमिनमुनि सात मिटर तल औंला जत्रो सुनौलो रंगको वस्तु फेला पार्नुभयो। श्री यांग स्यु तले त्यस वस्तुलाई तत्स्थानका निर्देशक छंग स्वे व्हालाई दिनुभएको थियो। श्री छंग स्वे व्हा सो वस्तु देखेर निकै खुशी हुनुभएको थियो। उहाँले चीनका पूरातत्वविदहरुले लामो समयदेखि खोजिरहेको तामाको गाडी र घोडा फेला पारेको अनुमान गर्नुभयो।

         सम्बन्धित विशेषज्ञहरुको निर्देशनमा एक महिनासम्म ध्यानपूर्वक सर्भेक्षण गरी खनन कार्य गरेपछि जमिनमुनि सात दशमलव आठ (7.8) मिटर तल दुइवटा तामाका गाडी, आठवटा काँसका घोडा र अन्य दुइवटा तामाका वस्तुहरु भेट्टाए।

         तामाका गाडी र घोडाहरु फेला पारिएपछि त्यसलाई कसरी झिक्ने भन्ने बारेमा विशेषज्ञहरुले विचार गर्नुभएको थियो। सर्वप्रथम उहाँहरुले ती तामाका गाडी र घोडाहरुका वरिपरी दश मिटर फराकिला खोपाहरु बनाउनु भयो। त्यसपछि काठको बोर्डबाट बनाइएका बाकसहरुमा ती तामाका गाडी र घोडाहरुलाई वरिपरि एक मिटरजति माटोसहित नै राखियो र छिन वंशको टेराकोटा प्रदर्शन कक्षमा पुर्‍याइयो।

          ती तामाका गाडी र घोडाहरुको मर्मत कार्य छिन वंशको टेराकोटाको प्रदर्शन कक्षमा गरिएको थियो। झण्डै दुइ वर्षसम्मको मर्मत कार्यपछि तीनलाई प्रदर्शनका लागि राखिएको छ जसले सारा विश्वलाई आश्चर्य चकित पारेको छ।

ती तामाका गाडी र घोडाहरु वास्तविक गाडी र घोडाहरुको आकारको पचास प्रतिशत जति ठूला छन। ती अति नै कुशल तरिकाले बनाइएका छन। तीनको निर्माणमा उपयोग गरिएकामध्ये केही उपायहरुको प्रयोग अहिले पनि गरिंदैछ भने केही उपायहरु हालसम्म अझै पहेलीका रुपमा रहेका छन।