![]() |
माटे कुखुरालाई ठूलो, मझौला र सानो गरी तीन आकारमा विभाजित गरिएको छ। ठूलो कुखुराको उचाइ पच्चिस सेन्टीमीटर छ भने सानोको छ सेन्टीमीटर मात्र। ठूलो आकारको कुखुरा र ठूलो आकारको मानव मूर्ति बनाउने शीप-कौशल उच्च स्तरको हुनुपर्छ।
यस चित्रमा रहेको माटाको भालेको रुप सादा र सरल छ। त्यसको रंग एकदमै ताजा र स्पष्ट छ। ठूलो भागमा रातो र पहेंलो रंगले कोरेपछि उचित मात्रामा खाली ठाउँ छोडेर कागज कर्तनको तरीका प्रयोग गर्दै त्यसमा कालो रंग लगाइएको छ। भाले कुखुराको रातो सिउर, कालो गर्दन, माथि उठेको पुच्छर यी सबै कुराबाट भाले कुखुराको घमण्ड र फुर्तिलोपना अभिव्यक्त भएको छ। माटे कुखुराको सतहमा पारदर्शी लाहा लगाइएकाले कुखुरा एकदमै उज्यालो र चहकिलो देखिन्छ, साथै त्यसको रंग झन् भिजेको जस्तो ताजा देखिन्छ र त्यसको भाव मंगलमय र लच्छिनको रहेको छ।
|