नीलो बुट्टेदार कपडा

            नीलो बुट्टेदार कपडा याङ्ग सी नदीको दक्षिणी भागमा निकै प्रचलित एक परम्परागत कपडा हो। जुन गाउँलेहरुले हातले धागो कातेर बुनेको कपडामा रंग लगाएर बनाएको कपडा हो। परम्परागत नीलो रंग नीर र घाँस पानीमा भिजेर सडेपछि त्यसलाई पिंधेर सुकाइएपछि जमेको नीलो थेग्रो हो। यसको प्रयोग गरी जेटको जस्तो सेतो रंग र फरक तहको नीलो रंगको रुप दिन सकिन्छ। यो रंग पारदर्शी र उज्यालो छ। रंगाएपछि रंग उड्दैन। साथै यो रंग स्वास्थ्यका लागि त्यति हानिकारक पनि हुँदैन। पहिले नीलो बुट्टेदार कपडालाई विभिन्न तरिकाले प्रयोगमा ल्याइएको थियो। जस्तो कि सिरकको खोल, लुगाफाटा, झुल, पोको र ढोकाको पर्दा आदिका लागि।

          यस चित्रमा देखाइएको दाहिनेपट्टि टाँक लगाइने ढाँचाको बक्खु हो, जसलाई शाँग हाई नीलो रंगाइ कपडा संग्रहालयले संग्रह गरेको छ। त्यो बक्खु नयाँ बनाइएको जस्तो छ। यसमा एकेकवटा पुस्तौं-पुस्तासम्म सन्तान पाओस् भन्ने अर्थ बुझिने स-साना तर्बुजाहरु, धनधान्य र प्रतिष्ठाको अर्थ दिने प्याउनीको फूल र चिरायूको अर्थ दिने आरुले भरीपूर्ण छन्। एक-अर्कासँग जोडिएका जस्ता देखिने ती नीला र सेता बुट्टाहरु निकै सुन्दर र आकर्षक देखिन्छन्। यो बक्खु याँग सी नदीको दक्षिणी भागका गाउँले आईमाईहरुले दैनिक जीवनमा लाउने परम्परागत पोशाक थियो, जुन सादा, शान्त र सुन्दर देखिन्छ।

      आज आएर यस्तो निलो बुट्टेदार कपडा धेरै युवा-युवतीहरु र विदेशी साथीहरुलाइ निकै मन पर्दछ। धेरैजसोले यसको प्रयोग गरी फेशनदार लुगाफाटा बनाउने वा घर कोठा सजाउने गरेको पाइएको छ।