चिरायूको शुभकामनासहित ताल्चा आकारको तिलहरी भएको माला

            चिरायूको शुभकामनासहित ताल्चा आकारको तिलहरी भएको माला उहिले हान जातिका केटा-केटीहरु प्रायजसो लगाउने गर्दथे जसलाई लच्छिन र मंगलको अर्थमा लिइन्थ्यो। त्यसको रुप-आकार कुरा गर्दा त्यो एउटा चाँदीको सिक्रीमा वा मालामा ल्चा आकारको चाँदीको तिलहरी झुण्डिएको गहना हो। यसमा घाँटीमा लगाउने माला, सिक्री र कमरमा बाँध्ने तिलहरी आदि छन। बच्चा जन्मिएको एक महिनामा उसका नातेदारहरुले बच्चाको चिरायूको कामना सहित निज बच्चालाई यस्तो माला उपहारस्वरुप दिनेगर्दथे। केटा होस् वा केटीले लगाउने मालालाई बिहेका बेला मात्र फुकाल्न सकिने चलन थियो।

          पहिले चिकित्साको स्तर र आर्थिक स्थिति जस्ता पक्षको कारणले गर्दा धेरै केटा-केटीहरुले बालककालमै ज्यान गुमाउनुपरेको अवस्थामा तिनीहरुका नातेदारहरुले देवी-देवतासँग बच्चाको चिरायु होस, स्वास्थ्य राम्रो होस् भन्ने कामना गर्दै भूत-प्रेतलाई भगाउने क्षमता रहेको विश्वास गरिएको तिलहरीसहितको माला वा सिक्री लगाइदिने गर्दथे। सो तिलहरीमा सामान्यतया "छोरो ल्याइदिने छी लिन भन्ने काल्पनिक जनावर" र " लामो आयू जस्ता चिनियाँ अक्षरहरु" कुँदिएका देखिन्छन्।

   यस चित्रमा रहेको तिलहरीको बीचमा "धनी, प्रतिष्ठित र सुख-ऐश्वर्य सूचक यू थाङ्ग फु व्कै" चारवटा चिनियाँ अक्षरहरु कुँदिएका छन्। ती अक्षरहरु सुव्यवस्थित छन् र आकर्षक तरिकाले सजाइएका छन्। अक्षरहरुमुनि लिउ पै, चाङ्ग फै र व्कान् यू भन्ने तीन राज्यकाल(सन् 220-280)का तीनजना नामी ऐतिहासिक व्यक्तिहरु बीच "आरु बगैंचामा दाजु-भाइको जस्तो सम्बन्ध गाँसिएको" चित्र कुँदिएको छ। यसका साथै लामो आयू होस् भन्ने अर्थमा रहेको मृग-बक्कुलाको चित्रका साथै सुख आनन्द र चिरायू दुबैको अर्थ दिने "फु" र "शौ" भन्ने चिनियाँ अक्षरहरु पनि कुँदिएका छन। यसको कौशल एकदमै सूक्ष्म देखिन्छ। यो चाँदीको तिलहरी-मालामा झुण्ड्याइने सजावट हो। यो हेर्दा निकै गह्रौं र रसिलो छ, यसमा भएका बुट्टाहरु कतै बाक्ला र कतै पातला एकदमै मिल्ने गरी आकर्षक तरिकाले कुँदिएका छन। त्यसमा कुँदिएका मानिसहरुको एकदमै जीउँदो-जाग्दो देखिन्छ जुन रंगमञ्चमा देखाइने ओपेराभित्रका पात्रहरुको छबी हो।