पाउपोशभित्र हालिने गद्दा

          चिनियाँ रितिस्थितिमा पोशाक, जुत्ता र टोपीमा सजाउनका लागि कारचोपी भर्ने बुट्टाहरुको निश्चित भित्री अर्थ निहित हुन्छ। यसबाट नाता-कुटुम्बहरुको हार्दिक आशीर्वाद र मनोभिलाषा प्रकट भएको छ।

          यस चित्रमा प्रदर्शित पाउपोशभित्र हालिने गद्दा सासू बुढीले भरखरै बिहे भएकी आफ्नी बुहारीलाई सिलाइदिनुभएको हो। गाढा रातो पृष्भूमिबाट नयाँ विवाहोत्सवको हर्षोल्लासपूर्ण भाव झल्किएको छ साथै आमाको खुशीले भरिपूर्ण मनस्थिति छताछुल्ल भएको छ। चीनको एक प्राचीन कवितामा एक वाक्य छ: "तर्बुजाहरुका लामा-लामा लहराहरु लहरै नागबेली परेर बहिरहेका छन।" यसबाट तर्बुजाका लहराहरु सप्रँदै-बढ्दै टाढा-टाढासम्म गइरहेका र तर्बुजाहरु पनि लहरामा सप्रिरहनुका साथसाथै फल्दै-फुल्दै बढ्दै जाने भन्ने अर्थ दिनखोजिएको छ। यसले यो परीवार पुस्तौं-पुस्तासम्म फस्टाउँदै जावस भन्ने अर्थ दिनखोजिएको छ।

           ठीक उक्त "तर्बुजाहरुका लामा-लामा लहराहरु नागबेली झैं भएर अघि बढिरहेका छन्" भन्ने कवितालाई आधार बनाएर रचिएको यस चित्रकारीमा एकेकवटा स-साना तर्बुजाहरु लहरा र पातहरु एकपछि अर्को गरी अगाडि बढीरहेका देखिन्छन। कतै-कतै तर्बुजा र लहराका बीचमा पुतलीहरु खुशीसाथ उडिरहेका देखिन्छन। चिनियाँ भाषामा सानो तर्बुजाको उच्चारण "ते" र पुतलीको उच्चारण पनि उस्तै भएका कारण यहाँनेर पुतली पनि बनाइएको हो।

            यस चित्रमा उतारिएको यो जुत्ताभित्र हालिने बुट्टेदार गद्दामा भएको बुट्टा परम्परागत लहरे तर्बुजाको चित्रकारी हो। तर्बुजाका लहराहरु लामा-लामा छन् र एकेकवटा तर्बुजा पुतलीको आकारको छ। यसबाट आमाको अपेक्षा स्वतः प्रष्ट्याइएको छ। यस जुत्ताभित्र हालिने बुट्टेदार गद्दाको रंग उज्यालो र फुर्तिलो देखिन्छ साथै विभिन्न रंगबीच निकै फरक पनि देखाइएको छ। फेरि उता गाढा हरियो र कमलको फूलको जस्तो फिक्का हरियो रंगबाट गम्भीर भाव अभिव्यक्त भएको छ। सिलाइ निकै स्वच्छ र जटिल छ साथै बुट्टाहरु जीवन्त, प्राकृतिक र व्यवस्थित देखिन्छन।