![]() |
चीनको परम्परागत पोशाकमा सजाइने सानो आकारको थैली नभइनहुने चीज हो। त्यसमा स-साना चानचुने सामान हालिन्छ। त्यो गोलाकार, चेप्टो, चारकुने, आयताकार, आरुको आकार, अंग्रेजी अक्षर एस आकार, अनारको आकार, तुम्बाको आकार, फूलदानीको आकार, दुइवटा टेढा चौकोस जोडेर बनाइएको आकार, प्राचीन चीनमा प्रयोग हुने पैसा "युआन पाउ"को जहाज आकार र डबल बाजाको आकार आदि किसिमका छन। त्यस्तो सानो थैली कमरमा झुण्ड्याउने वा कमर पेटीमा छिराएर कमरमा बाँध्ने चलन छ।
सानो थैलीमा भरिने बुट्टाहरु जटिल र सरल दुबै खालका हुन्छन। यसमा फूल, घाँस, चराचुरुंगी, पशु-पंक्षी, कीरा-फट्याङग्रा, खोला-नाला, डाँडा-काँडा, मानिस, लच्छिन सूचक अक्षरहरु, कविता आदि सबै समावेश गरिएका हुन्छन। त्यसको आकार र अनुपात निश्चित हुँदैन। खासगरी, सजाउनका लागि यसको प्रयोग गरिन्छ। उपयोगी काम बाहेक सानो थैलीबाट गहन माया-प्रेम र सुमधूर अपेक्षा पनि अभिव्यक्त गरिएको हुन्छ।
यस चित्रमा देखाइएको तुम्बा आकारको बुट्टेदार सानो थैली निकै राम्रो र आकर्षक छ। यसलाई बढी सजिसजाउ पारिएको छैन। सुल्टो र उल्टो दुबैपट्टि दुइ लाइन कविता सिइएको छ, जुन यस प्रकार छ- "वालककालमा नै उत्तम चरित्र र दक्षता देखाइएको छ भने नाउँ चलेपछि झन् विनम्रता देखाइनुपर्दछ"। तुम्बाको कमरनिर सुनौलो गहुँका बाला लहराइरहेका छन। यो हेर्दा अति सुन्दर र स्वच्छन्द जस्तो लाग्छ।
|