काजगी बनावट कला

        चीनको कागजी बनावट कला अन्तिक कर्म सम्बन्धी रितिस्थितिबाट शुरु भएको थियो। जुन कागजी वस्तु बनाउने, माडले टाँस्ने, कैंचीले काट्ने, माटोको मूर्ति बनाउने र चित्र कोर्ने जस्ता शीप-कौशलको सम्मिश्रणबाट एक लोक कलाका रुपमा देखापरेको हो। कागजी बनावटलाई लोक दुनियाँमा कागज टाँस्ने, कागजी घोडा बनाउने, खोर बनाउने आदि नाउँ दिइएको छ। यो खासगरी सर्वसाधारणहरुले मृतकप्रति श्रद्धान्जलीअर्पण गर्ने र पूजा गर्ने विश्वास, मनस्थिति र मनोभावनाको आवश्यकतालाई पूरा गर्ने एक तरिका हो।

         कागजी बनावट चार किसिमका हुन्छन्- एक, देवताको रुप, अन्त्येष्टि गरिंदा चिहानअगाडि जलाइने कागजले बनाइएका ठूला वस्तुहरु। दुइ, मानिसको रुप, यसमा कागजले बनाइएका केटा-केटी, ओपेराका पात्र तथा सुसारेहरु। तीन, घर भवनहरु, जस्तो कि मृतकका लागि बस्ने घर, बुर्जा, बोर्ड र गाडीहरु। र चार, भाँडा-कुँडाहरु, यसमा भान्सा घर र खानपिनका लागि भाँडाकुँडा, कप प्लेट, पूजाका लागि प्रसाद, लच्छिनको अर्थ दिने उपयोगी वस्तु तथा मंगल सूचक पशुहरु छन्। ती कागजी वस्तुहरुको बनावटको शीप-कौशल निकै सूक्ष्म र कुशलतायुक्त छ।

         यस चित्रमा रहेका सुसारेहरु कागजबाट बनाइएका हुन्। तीमध्येको एकजना जनरलको पहिरनमा छ। त्यसले कवचधारी टोपी र पोशाक लगाएको छ, लामा-लामा दारी पालेको छ, त्यो हेर्दा निकै वीर र राम्रो देखिन्छ भने अर्को एकजना कागजले बनाइएको केटो हो। त्यसले रातो पेन्ट र लामो लुगा लगाएको छ, गर्धनमा कमलको फूल आकारको ओढ्ने ओढेएको छ, लुगामा कमलको फूलको बुट्टा भरिएको छ, निकै फुर्तिलो र तकडा देखिन्छ उ। हेर्दा चीनको लोक-कथाको न चा नामक स्वर्गको एकना युवा जनरल जस्तो देखिन्छ उ।