चिनियाँ माटो(एक)

          पूर्वी चीनको शान तोंग प्रान्तको च् पो क्षेत्र चीनको प्राचीन कालदेखि नै चिनियाँ माटोका सामान उत्पादन गर्ने महत्वपूर्ण ठाउँ रहिआएको छ जहाँ स्थानीय रैथानेहरुले खडा गरेका चिनियाँ माटाका थुप्रै स्थानीय भट्टीहरु छन्।

          माछा चीनमा प्राचीन कालदेखि नै सजाउने विषयवस्तुको रुपमा रहिआएको छ। चिनियाँ भाषामा "माछा" को उच्चारण "यू" हो र " बचत" को उच्चारण पनि "यू" नै हुन्छ। त्यसैले चीनका सर्वसाधारणहरु "माछा" भनेपछि बचत र धनीको अर्थ बुझ्दछन साथै यसबाट बढी सन्तान र जीवनको निरन्तरताको अर्थ पनि लाग्दछ।

         नीलो रंगका बुट्टे माछा आकारका प्लेट तीनै स्थानीय भट्टीमा उत्पादित वस्तु हुन। तीनको रुप-आकारबाट हेर्दा गह्रौं र सादा देखिन्छन। साथै तीनको खोक्रो खोल मोटो र घनत्व बढी छ। माछा आकारका प्लेटमा भएका बुट्टा हातले कोरिएका हुन। माछाको बाटुलो आकारले गर्दा यसमा बुट्टा भर्न सजिलो पर्छ। तर फरक भट्टी र फरक लोक-कालीगढले माछाको आकार, बुट्टा र रंगको हकमा फरक-फरक प्लेट उत्पादन गर्दछन्।

  शुरु-शुरुमा माछाको आकार र बुट्टा निकै सूक्ष्म देखिन्थ्यो। विशेष गरी माछाका जाल जस्ता कत्लाहरु एकदमै साँच्चैकै जस्तो भान हुन्थ्यो। ती कत्लाहरु गाढा रातो रंगका थिए। पछि गएर माछाको आकार र बुट्टाहरु निकै मनगढन्ते किसिमले बनाउन थालियो। माछाका कत्लाहरु पनि जाल जस्तो देखिन छाडे अब। पछि गएर बरु त्यसको अर्थमा बढी ध्यान दिन थालिएको थियो।

           यस चित्रमा प्रदर्शित माछाको ढाड एकैचोटी बनाइएको हो। यसो हेर्दा यो माछो सललल बगेको जस्तो र शक्तिशाली देखिन्छ। तमाम माछाको रुप-आकार हेर्दा निकै हलुका, उदार र निसंकोच देखिन्छ यसबाट फराकिलो र कुशल कलात्मक शैली प्रतिबिम्बित भएको छ।