चिनियाँ माटो(दुई)

          प्राचीन चीनमा चिनियाँ माटोको सिरानी हालेर सुत्दा गर्मी मार्न सकिन्छ भन्ने विश्वास गरिन्थ्यो र यसको प्रयोग व्यापक रुपमा गरिन्थ्यो। कसै-कसैले त्यसलाई दाइजोको रुपमा बनाउँथे भने कसै-कसैले विशेष गरी केटाकेटीका लागि प्रयोगमा ल्याउँथे। त्यसमा "दिर्घायू तकिया" भन्ने अक्षरहरु लेखिन्थ्यो। अझ कसै-कसैले त भूत-पिसाचलाई धपाउन र प्रकोपबाट जोगिन भनी त्यसमा "निबासको रक्षा" लेख्नेगरेको पाइन्थ्यो। चीनको थाँग वंश र सोंग वंश (सातौं शताव्दीदेखि तेह्रौं शताव्दीसम्म) देखि यता चिनियाँ माटोका सिरानोमध्ये कुनैमा तीन किसिमको रंग लगाइन्थ्यो, कुनैमा रंगीन इनामेल लगाइन्थ्यो भने कुनैमा सेतो इनामेल मात्र लगाइन्थ्यो।

           यस चित्रमा देखाइएको बिरालो आकारको सिरानी निकै सादा र छरितो देखिन्छ। यसमा लगाइएको रंग गम्भीर छ। रंग लगाउँदा विशेष गरी बिरालाको टाउकोमा विशेष महत्व दिइएकाले त्यो निकै रमाइलो र मजालाग्दो देखिन्छ। यो खास गरी उत्तरी चीनको ह पै प्रान्त र शान तोंग प्रान्तको स्थानीय शैलीयुक्त बिरालो आकारको तकिया हो।