![]() |
चीनको इतिहासमा निकै धेरै स्थानीय ग्रामीण भट्टीले सरकारी भट्टीमाथि निरन्तर रुपमा प्रभाव पार्दैआएको देखिन्छ। तिनले सरकारी भट्टीलाई नयाँ जीवन्त शक्ति प्रदान गर्नेगरेका थिए। यसले गर्दा धेरै उत्कृष्ठ रचनाहरु देखा परेका थिए।
यस चित्रमा प्रदर्शित रक्सी हालिने कलसलाई, जसलाई चिनियाँ भाषामा "यू हू छुन फिंग" भनिन्छ, उत्तरी चीनको ह पै प्रान्तको छ् चौ क्षेत्रका भट्टीबाट तयार पारिएको हो। यस्तो रुप-आकारको शुरुवात, खास गरी सोंग वंश (दशौं शताव्दीदेखि चौधौं शताव्दीसम्म) देखि भएको थियो र मिंग वंश र छिंग वंश (चौधौं शताव्दीदेखि उन्नाइसौं शताव्दीसम्म) कालमा यो एकदमै प्रचलनमा थियो। लामो कालदेखि यस्तो आकारको कलस निकै लोकप्रिय रहंदैआएको थियो।
यू हू छुन फिंग भन्ने कलसको रुप-आकार सरल, छरितो र आकर्षक छ। त्यसको मुख अलिकति बाहिरपट्टि फुकेको छ, त्यसको मसिनो गर्धन चिटिक्क परेको छ, टन्न भएको भुँडी बलियो देखिन्छ र त्यसको पींध अलि सानो तर निकै स्थीर छ यताउति हल्लिंदैन। त्यो यति ठीक्क आकारको छ कि लेश मात्र घटाइयो भने दुब्लो देखिन्थ्यो र लेशमात्र बढाएमा मोटो देखिन्थ्यो। त्यसको मुख अलि फैलिएको कारण सक्सी खन्याउन निकै सजिलो पर्छ। सिंगै कलशमा इनामेल लगाइएको छ, यसमा कुनै सजावट छैन। त्यसको रुप-आकार पैचिंगको कु कुंग संग्रहालयमा राखिएको त्यो यू हू छुन फिंगजस्तै देखिन्छ। चिनियाँ माटोको यो भाँडो सादा भएर झन् सुन्दर र आकर्षक देखिन्छ।
|