माछा र झिंगेमाछा राखिने बास्केट

            यस तस्वीरलाई चिनियाँहरु युलौ भन्दछन। युलौ चीनको याङ्ग सी नदीको दक्षिणि भागमा धेरै देखिन्छ। यो बाँसबाट बनाइएको एक किसिमको कलात्मक वस्तु हो। यसको बाहिरी आकार शिशी जस्तै डल्लो छ। यसको माथिल्लो भागमा एउटा सानो रिङ्ग छ। मानिसहरु त्यसलाई कम्मरमा झुण्ड्याउन सक्छन। बास्केटमुनि चारैतिर साना-साना खुट्टा छन। यसरी यस बास्केट भुइँसँगको प्रत्यक्ष सम्पनर्कमा नआउने भएकाले यसको टिकाउपनमा वृद्धि भएको छ। युलौलाई बनाउने तीन किसिमका आधारभूत तरिका छन। शुरु, बुनाइ र समाप्त। यी तीन किसिमका आधारभूत चरणमा बुनाइको तरिका सबैभन्दा जटिल छ। बुनाइको बुट्टा पनि फरक-फरक छ। कुनै चार पाटे, कुनै खुर्सानी जस्तै, आदि आदि। बुनाइको तरिका फरक भएकाले प्रयोग गर्ने तरिका पनि फरक-फरक छ।