वाङ परीवारको आँगनको आंशिक भागको अवलोकन

            चीनको मिङ र छिङ वंशताका (सन् 1368-1911) उत्तरी चीनको शान्सी अर्थात वल्लो शान्सी प्रान्तका ठूला व्यापारीहरुले आ-आफ्नो थात-थलोमा धुमधामसित ठूल्ठूला भवनहरु निर्माण गर्नेगरेकाले त्यस प्रान्तमा ठुल्ठुला आँगनहरुको निर्माण गर्न थालियो।

            वल्लो शान्सी प्रान्तको माझ-खण्डको लिङ श जिल्लामा वाङ थरको परीवारको आँगन निकै शानदार र भव्य देखिन्छ र त्यस आँगनलाई मिङ र छिङ राज-वं‍शकालका नागरिकहरुको आवास भवनको नमूनाका रुपमा लिइएको छ।

           पहेंलो माटोको अग्लो थुम्कोमा भएको त्यस ठूलो आँगनको क्षेत्रफल दश हजार वर्गमिटर रहेको छ। नगर-गढ जस्तै देखिने त्यस आवास भवनको भित्ता अग्लो र मोटो देखिन्छ भने त्यसको मूल ढोका पनि बलियो देखिन्छ। वृद्ध-वृद्धा, वालिग-नावालिग, पूजनीय व्यक्ति, नोकर-सुसारेको दर्जा अनुसार आँगनमा कोठाको व्यवस्था मिलाइएको छ भने पुरुष र महिलाका लागि पनि छुट्टा-छुट्टै बसोबासको व्यवस्था मिलाइएको छ। ती कोठाहरुलाई व्यवस्थित तरिकाले राम्रोसँग मिलाएको मात्र नभई तीनमा केही भिन्नता पनि देखिन्छ। त्यस घरमा सूक्ष्म शीप-कौशलका आधारमा विभिन्न बुट्टाहरु कुँदिएको छ जसले मानिसहरुको ध्यान आकर्षित गर्नेगरेको छ। आँगनभित्र पनि अघिल्लो र पछिल्लो आँगनका रुपमा विभाजन गरेर कोठाहरु पनि मूल कोठा र पार्श्व कोठाका रुपमा विभाजन गरिएको छ। हरेक आँगनका मूल ढोका र कोठाका ढोकाहरु गोलाकार वा चार-कुने आकारका बनाइएको छ। आँगन-आँगनका बीचमा बांगा-टिंगा बरण्डाहरु छन। तीनीहरुलाई ढुंगे सिंढीद्बारा पनि जोडिएको देखिन्छ। उत्तरी क्षेत्रको निर्माण शैलीको सरलता र दक्षिणी क्षेत्रको निर्माण शैलीको सूक्ष्मता र सुन्दरता ती आँगनहरुमा झल्किएको छ।

चित्रमा देखिने दृश्यहरु वाङ परीवारको ठूलो आँगनको हुङ मन पाओ अर्थात लाल द्बार नगर-गढको स मा ती भन्ने आँगनको वाङ यु लो अर्थात चन्द्रमा अवलोकन भवन तथा बरण्डा, आँगनको ढोका, साना भवन, कोठा र भित्ताहरु निकै सुव्यवस्थित देखिन्छन।