थेन थान पार्क

           पैचिंगको भ्रमण गर्ने अवसर मिलेको खण्डमा तपाईंले अवश्य नै चीनको लामो पर्खाल, कु कोंग दरबार, ग्रीष्म प्रासाद र थेन थान पार्कको अवलोकन भ्रमण गर्नुपर्छ। किनकि यी पर्यटकीय स्थलहरु प्राचीन चीनको वास्तुका सर्वोत्कृष्ट प्रतिनिधित्व हुन। तीमध्ये थेन थान पार्क हाल चीनमा पूर्ण रुपमा संरक्षित गरिएको त्यति बेला इश्वरको नाममा बली चढाउने गरिएको सबैभन्दा ठूलो वास्तु हो। राम्रो मौसम अनप समाजमा शान्ति र समृद्धिका लागि चीनका विभिन्न वंशका सम्राटहरुले हरेक वर्ष त्यहाँ इश्वरको नाममा बली चढाउने गर्दथे। प्राचीन चीनका सम्राटहरुलाई "थेन च" भनिन्थ्यो। "थेन च" को अर्थ भगवानका छोरा हो। त्यसैकारण सम्राटहरुले "थेन च"अर्थात इश्वरका छोराको हैसियतले राज्य-व्यवस्था सञ्चालन गर्ने गर्दथे। इश्वरको नाममा बली चढाउनु पनि सम्राटहरुको विशेष अधिकार थियो।

           थेन थान पार्क सन 1420 मा निर्माण गरिएको थियो। त्यो मिंग र छिंग वंशका सम्राटहरुले इश्वरको नाममा बली चढाउने ठाउँ थियो। त्यस पार्क पैचिंगको कु कोंग दरबारको दक्षिणी भागमा पर्दछ। त्यसको क्षेत्रफल कु कोंग दरबार क्षेत्रको तुलनामा चार गुणाभन्दा बढी छ। थेन थान पार्कको सबैभन्दा दक्षिणपट्टिको चोकको आकार चारकुने भएकाले त्यसलाई भूमिको प्रतीक मानिएको छ। उत्तरपट्टिको चोकको आकार बाटुलो भएकाले त्यसलाई आकाशको प्रतीक मानिएको छ। प्राचीन चीनमा "आकाश बाटुलो र भूमि च्याप्टो भएको कुरामा विश्वास गरिन्थ्यो। थेन थान पार्कको यस्तो डिजाइन यस्तै विचारका आधारमा तयार पारिएको थियो। थेन थान पार्कलाई भित्री पार्क र बाहिरी पार्क गरी दुइवटा भागमा विभाजित गरिएको छ। थेन थान पार्कमा रहेका मुख्य वास्तुहरु मुख्य गरी भित्री पार्कमा पर्दछन। भित्री पार्कको दक्षिणदेखि उत्तरसम्म ह्वान छ्यु, ह्वांग छ्योंग यु र छि न्येन तेन भन्ने तीनवटा प्रसिद्ध वास्तु अवस्थित छन्। ह्वान छ्यु भनेको तीन तले बाटुलो ढुङ्गाको बली-वेदी हो। यो बली-वेदी प्राचीनकालका सम्राटले इश्वरको नाममा बली चढाउने केन्द्रीय स्थल हो। यस्तो बली चढाउने समारोह निकै विशेषखालको हुन्थ्यो। त्यस समारोहको आयोजना सामान्य रुपमा हरेक वर्षको हिउँद ऋतुमा गरिन्थ्यो। सम्राट स्वयम् आफैंले त्यस भव्य समारोहको अध्यक्षता गर्दथे। ह्वान छ्युको दक्षिण-पूर्वी कुनामा केही विशेष धुपौराहरु राखिएका छन। ती धुपौराहरुमा विशेष गरी बली चढाउनका लागि काटिएका जनावरका टाउका र रेशम लगायतका वस्तुहरु जलाइन्थ्यो। बली चढाउने क्रममा डमरु बजाइँदा त्यहाँको वातावरण निकै गम्भीर देखिन्थ्यो। ह्वांग छ्योंग यु नामक अर्को प्रसिद्ध वास्तु ह्वान छ्युको उत्तरी भागमा पर्दछ। त्यो बाटुलो आकारको एउटा सानो दरबार हो। सामान्य रुपमा सो दरबारमा बली चढाउनका लागि आवश्यक भाँडाहरु र व्यानरहरु राखिन्थे। सो दरबारको वरिपरि एउटा गोलो पर्खाल छ। सो पर्खाल विश्वप्रख्यात "ह्वै यीन बी" हो। "ह्वै यीन बी" भनेको एउटा ज्यादै अनौठो पर्खाल हो। तपाईंले त्यस पर्खालको एकापट्टिबाट सानो स्वरमा बोल्नुभयो भने पर्खालको अर्कोपट्टि बसेका अरु मान्छेले तपाईंको स्वर स्पष्टसँग सुन्नसक्छन।

          थेन थान पार्कमा रहेको अर्को वास्तु छि न्येन तेन दरबार हो। तीन तले त्यो दरबार एउटा गोलाकार वास्तु हो। त्यो दरबार हरेक वर्षको ग्रीष्म ऋतुमा सम्राटले राम्रो मौसमका लागि बली चढाउने ठाउँ थियो। यसकारण यस दरबारको निर्माण-शैलीमा कृषिसँग घनिष्ट सम्बन्ध रहेको छ। जस्तै: दरबारमा रहेका चारवटा ठूला थामहरुले चारवटा ऋतु अर्थात वसन्त, ग्रीष्म, शरद र हिउँद ऋतुको प्रतिनिधित्व गर्दछन। प्राचीन कालका चिनियाँहरु हरेक दिनलाई बाह्र घण्टामा विभाजित गर्दथे। यसैले दरबारको पहिलो तलामा रहेका बाह्रवटा ठूला थामहरुले एक दिन अर्थात बाह्र घण्टाको प्रतिनिधित्व गरेका छन। दरबारको दोस्रो तलामा रहेका बाह्रवटा ठूला थामहरुले बाह्र महिनाको प्रतिनिधित्व गरेका छन। दुइ तलाका जम्मा गरी चौबीसवटा ठूला थामहरुले चीनको परम्परागत कृषि-पात्रोमा उल्लेखित गरिने चौबीसवटा मौसमको प्रतिनिधित्व गर्दथे। थेन थान पार्कमा ह्वांन छ्यु र छि न्येन तेन दरबार यी मुख्य वास्तुहरु बाहेक, पश्चिमी ढोकाभित्र रहेको "शन ल शु " र "शी शंग स्व" बली चढाउनका लागि ल्याइएका जनावर राख्ने ठाउँ थियो।

           प्राचीन चीनका कलाकारहरुले थेन थान पार्कको निर्माणमा प्रशस्त सिर्जनशीलताको प्रयोग गरेका थिए। विशेष गरी उनीहरुले रंगको प्रयोगको सम्बन्धमा पहिलेभन्दा धेरै परिवर्तन ल्याएका थिए। प्राचीन चीनका राजदरबारमा प्रायजसो पहेंलो रंगको प्रयोग गरिन्थ्यो। किनकि पहेंलो रंगलाई सम्राटको सर्वोच्च अधिकारको प्रतिनिधि मानिन्थ्यो। तर थेन थान पार्कको निर्माण गर्दा कलाकारहरुले आकाशको रंग अर्थात् निलो रंगको प्रयोग गरेका थिए। समस्त थेन थान पार्कलाई हेर्दा त्यसको आफ्नै विशेषता देख्नपाइन्छ। सन् 1998 मा थेन थान पार्कलाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। विश्व सम्पदा परिषद्ले थेन थान पार्कको उच्च मूल्यांकन गरेको छ: हाल चीनमा पूर्ण रुपमा संरक्षित त्यति बेला इश्वरका नाममा बली चढाउने गरिएको सबैभन्दा ठूलो वास्तुको रुपमा रहेको थेन थान पार्कले आफ्नो विशेष विश्वप्रख्यात वास्तु-शैली कायम गरेको छ। थेन थान पार्कले चीनको वास्तु-कलाको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको छ अर्थात यो विश्व वास्तु-कलाको मूल्यवान सम्पदा हो।