चीन-यात्राका लागि प्रवेषाज्ञा सम्बन्धी केही जानकारी
           तपाईंको चीन-यात्राका लागि सबैभन्दा पहिले गर्नुपर्ने महत्वपूर्ण काम भनेको लिनु हो। विदेशी मित्रहरुले चीनको भ्रमणमा आउनुअघि सम्बन्धित मुलुकस्थित चिनियाँ राजदूताबास वा वाणिज्य दूताबासमार्फत पर्यटन प्रवेषाज्ञा लिनु अत्यावश्यक छ।

          तपाईं चीनभित्र आफ्नो राहदानी र पर्यटन प्रवेषाज्ञा लिएर मात्र विदेशीका लागि खुला हुने क्षेत्रहरुमा यात्रा गर्न सक्नुहुन्छ। चीन सरकार चीनभित्र रहेका विदेशीहरुको उचित हित-अधिकारको संरक्षण गर्दछ। तर पर्यटन प्रवेषाज्ञा लिएर चीनको भ्रमण गर्नआउने विदेशीको हैसियतमा तपाईंले चीनमा रोजगारीमा लाग्ने, धार्मिक प्रचार-प्रसार गर्ने र अवैध अन्तर्वार्ता लिने जस्ता आफ्नो हैसियतसँग नमिल्ने काम कारवाई गर्नु हुँदैन। अन्यथा तपाईं जरिवाना वा सजायको भागी हुनुहुनेछ। यसका साथै, चीनमा रहँदा तपाईंले अवश्य पनि चीनको ऐन-कानूनको पालना गर्नुपर्छ र चीनको रीतिथिति तथा चाल-चलनको सम्मान गर्नुपर्छ।

           तपाईंको प्रवेषाज्ञामा तोकिएको अवधिभित्र चीनमा पर्यटन गर्न सक्नुहुन्छ। तोकिएको मिति सकिएपछि पनि अझै चीनको भ्रमणमा रहन चाहनुहुन्छ भने स्थानीय सार्वजनिक सुरक्षा कार्यालयसँग चीनमा बस्ने म्याद थपिदिन निवेदन गर्न सक्नुहुन्छ। तपाईंको यात्रा पूरा भएपछि प्रवेषाज्ञाको वैध अवधिभित्र विदेशीका लागि खुला हुने अन्तर्राष्ट्रिय नाकामा सिमा सुरक्षा जाँच कार्यालयको जाँच-बुझपछि बाहिर जान सक्नुहुन्छ।

           सम्बन्धित पछिल्लो सूचना पाउन नेपालका लागि चिनियाँ राजदूताबासको आधिकारिक वेभसाइट http://www.fmprc.gov.cn/ce/cenp/eng/ मा क्लिक गर्नुहोला।