चीनमा विदेशी मुद्राको प्रयोग बारे थाहा हुनुपर्ने कुराहरु

          चीनको मुद्राको नाम रन् मिन् पि हो र यो चिनियाँ जन-बैंकबाट प्रकाशनमा ल्याइएको हो । यसको युनियन युआन हो भने यसको सहायक मुद्रा चिआओ र फन् हो । एक युआनमा दश चिआओ र एक चिआओमा दश फन् हुन् । हाल तपाईं एक, दुइ, पाँच, दश तथा पचास र एक सय युवानका नोट वा सिक्काहरु बजारमा देख्नसक्नुहुन्छ। मोलमा त्यसैगरी एक, दुइ, पाँचका चिआओका नोट वा सिक्काहरु बजारमा देख्नसक्नुहुन्छ। त्यसैगरी एक, दुइ र पाँच फनका नोट वा सिक्काहरु बजारमा देख्नसक्नुहुन्छ। रन् मिन् पिको संक्षिप्त लेखाइ होः आर एम बी ।

विदेशी मुद्राको विनिमय

        अहिले चीनमा विनिमय गर्न सकिने विदेशी मुद्रामा अमेरिकी डलर, बेलायती पाउण्ड, फ्रान्सको फ्रान्क, जर्मनीको मार्क, जापानको येन, अस्ट्रेलियाको डलर, अस्ट्रियाको सेर्लिङ, बेल्जियमको फ्रान्क, क्यानाडाको डलर, हंगकंगको डलर, स्वीजर्ल्याण्डको फ्रान्क, डेन्मार्को क्रान्क, निडर्ल्याण्डको डोन्, नर्वेको क्रान्क, स्वीजर्ल्याण्डको क्रान्क, सिंगापुरको डलर, मलेशियाको लिन्गिट, इटलीको लिला, मकाउको डलर, फिन्ल्याण्डको मार्क आदि रहेका छन्। बैंकमा विदेशी मुद्रा किन्ने र बेच्ने काम गरिन्छ र यसलाई विदेशी मुद्राको विनिमय कार्य भनिन्छ ।

         विदेशी मुद्रा सञ्चालनका सम्बन्धमा चीनको वर्तमान विधि-विधान अनुसार, जन-गणतन्त्रभित्र विदेशी मुद्राको प्रचलनमा प्रतिबन्ध गरिनुका साथै विदेशी मुद्रामा हिसाब गरेर हिनामिना गर्न पनि मनाही छ। चीनको भ्रमण गर्नआउने विदेशी अतिथि तथा हंगकंग, मकाउ र थाइवानका देशबन्धुहरुका लागि पैसाको प्रयोगमा सुविधा होस् भनेर चीन बैंक तथा विदेशी मुद्रासँग सम्बन्धित अरु निर्दिष्ट बैंकले ट्रावल चेक तथा विदेशी कार्डद्बारा आर एम बी साट्ने काम गर्नुका साथै बाइस किसिमका विदेशी मुद्राका नोट तथा थाइवानका नयाँ मुद्राको विनिमय गर्ने काम पनि गरेका छन् । यसका अतिरिक्त, ती मुद्रा साट्ने मानिसलाई सकेसम्म सुविधा पनि दिने गरिएको छ। बैंक बाहेक केही अतिथि भवन, होटेल वा पसलमा पनि विदेशी मुद्राद्बारा आर एम बी साट्ने सुविधा दिइएको छ। विनिमय पछि प्रयोग गरेर बाँकी रहेको आर एम बीलाई चीन छाड्नु अघि छ महिनाभित्र प्रभावकारी हुने विदेशी मुद्राको विनिमय पत्र लिएर विदेशी मुद्रा साटेर बाहिर लिन सकिन्छ। विभिन्न अवस्थामा विनिमय गर्दा भिन्ना-भिन्नै दरमा साट्नुपर्ने हुनसक्छ। ट्रावल चेक, क्रेडिट कार्ड विनिमय गर्दा वा पैसा पठाउँदा खरीद मोलमा गरिनु पर्छ। विदेशी मुद्रा पाउन सटनी गर्दा विक्रीको विनिमय दरअनुसार गरिन्छ र त्यसमा विदेशी मुद्राको नगदको सटनी पनि समावेश छ। विदेशी मुद्राको नगद लिएर विनिमय गर्दा नगदको खरीद मोल अनुसार गरिन्छ।

           चीनमा एजेन्सीका रुपमा सञ्चालन गरिने विदेशी क्रेडिट कार्डः हालसम्म चीनमा एजेन्सीका रुपमा सञ्चालन गर्नसकिने विदेशी क्रेडिट

            कार्डहरु मुख्यतः मास्टर कार्ड, भिसा कार्ड, अमेरिकन एक्सप्रेस कार्ड, जे सी बी कार्ड, डाइनेर्स कार्ड आदि रहेका छन्।