सि चिन फिङ्ग

कमरेड सि चिन फिङ्गको व्यक्तिगत विवरण

           सि चिन फिङ्ग,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1953 को जून महिनामा शान सि प्रान्तको फू भिङ्ग जिल्लामा जन्मनु भएको हो। उहाँ सन् 1974 को जनवरीदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ। सन् 1969 को जनवरीदेखि उहाँले काम गर्नु शुरु गर्नु भएको हो। उहाँले छिङ्ग हवा विश्वविद्यालयको मानव तथा समाज शास्त्र विषयअन्तर्गत म ग स सिद्धान्त र राजनैतिक विषयमा स्नातक उत्तीर्ण गर्नुभएको छ।

            साथै स्नातकोत्तर गरेपछि उहाँले कानूनमा विद्यावारिधी गर्नुभएको छ। वर्तमान पद: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, जन गणतन्त्र चीनको केन्द्रीय सैनिक समितिका उपाध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको विश्व विद्यालयका प्रमुख ।

            सन् 1969 देखि 1975 सम्म पल्लो शान सि प्रान्तको येन छ्वान जिल्लाको वन आन यी कम्यून अन्तर्गत ल्याङ च्या ह टोलीमा रहेर विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

            सन् 1975 देखि 1979 सम्म झिङ्ग हवा विश्वविद्यालयमा रासायनिक विषयमा अध्ययन गर्नुभएको थियो।

            सन् 1979 देखि 1982 सम्म राज्य परिषदको कार्यालय तथा चीनको केन्द्रीय सैन्य आयोग कार्यालयका सचिव हुनुभयो।

            सन् 1982 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तको चङ तिङ जिल्ला समितिका उप-सचिव हुनुभयो।

             सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तको चङ तिङ जिल्ला समितिका सचिव, चङ तिङ जिल्लाको सशस्त्र विभागका प्रथम राजनीतिक कमिश्नर साथै चिनियाँ कम्युनिष्ट पार्टीको यस सशस्त्र विभागको प्रथम सचिव हुनुभयो।

             सन् 1985 देखि 1988 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको स्या मन समितिका स्थायी सदस्य एवम् स्या मनका उप-मेयर हुनुभयो।

            सन् 1988 देखि 1990 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको निङ त क्षेत्रका सचिव एवम् चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको निङ त सैनिक शाखा समितिका प्रथम सचिव हुनुभयो।

            सन् 1990 देखि 1993 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको फु चौ शहरका सचिव, फु चौ शहरको जन काँग्रेसका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टीको फु चौ शहरको सैनिक शाखाका प्रथम सचिव हुनुभयो।

            सन् 1993 देखि 1995 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका स्थायी सदस्य, फु चौ समितिका सचिव, फु चौ शहरको जन काँग्रेसका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टी फु चौ शहरको सैनिक शाखाका प्रथम सचिव हुनुभयो।

             सन् 1995 देखि 1996 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव, फु चौ समितिका सचिव, फु चौ शहरको जन काँग्रेसका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टीको फु चौ शहरको सैनिक शाखाका प्रथम सचिव हुनुभयो।

             सन् 1996 देखि 1999 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव,फु चेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नर हुनुभयो।

             सन् 1999 देखि 2000 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव,फु चेन प्रान्तका कार्यवाहक प्रमुख, फु चेन प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका अध्यक्ष, फु चेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नर हुनुभयो।

            सन् 2000 देखि 2002 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव,फु चेन प्रान्तका प्रमुख, फु चेन प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका अध्यक्ष, फु चेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नर हुनुभयो। (सन् 1998 देखि 2002 सम्म छिङह्वा विश्व विद्यालय अन्तर्गत मानवीय समाज विभागमा माक्सवाद सिद्धान्त तथा राजनीतिक शिक्षा विषय सम्बन्धी विषय पढ्नुभएर कानूनमा डाक्टर डिग्री विद्यावारिधी प्राप्त गर्नुभयो।)

             सन् 2002 मा चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका उप-सचिव,च च्याङ प्रान्तका कार्यवाहक प्रमुख,च च्याङ प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका अध्यक्ष हुनुभयो।

            सन् 2002 देखि 2003 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका सचिव,च च्याङ प्रान्तका कार्यवाहक प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तको सैनिक समितिका प्रथम सचिव, च च्याङ प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका अध्यक्ष हुनुभयो।

           सन् 2003 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका सचिव,च च्याङ प्रान्तको जन काँग्रेसका अध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तको सैनिक समितिका प्रथम सचिव हुनुभयो।

            सन 2007 मा चिनियाँ कम्युनिष्ट पार्टीको शाङहाई समितिका सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको शाङहाई रक्षक सेनाका प्रथम सचिव हुनुभयो।

           सन 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको विश्व विद्यालयका प्रमुख हुनुभयो।

             सन 2008 देखि 2010 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयका सचिव, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको विश्व विद्यालयका प्रमुख हुनुभयो।

            सन 2010 देखि 2012 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयका सचिव, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको विश्व विद्यालयका प्रमुख हुनुभएको छ।

            सन 2012 मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्री सचिवालयका सचिव, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको विश्व विद्यालयका प्रमुख हुनुहुन्छ।

             चिनियाँ कम्युनिष्ट पार्टीको पन्ध्रौं केन्द्रीय समितिका अतिरिक्त सदस्य तथा सोहौं, सत्रौं, र अठारौं समितिका सदस्य हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सत्रौं राजनीतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अठारौं राजनीतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्य हुनुभयो। एघारौं राष्ट्रिय जन काँग्रेसको पहिलो पूर्ण अधिवेशनमा जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष पदमा निर्वाचित हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैन्य आयोगका अध्यक्ष निर्वाचित हुनुभएको छ।