ली ख छ्याङ्ग

कमरेड लि ख छ्याङ्गको व्यक्तिगत विवरण

            लि ख छ्याङ्ग,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1955को जूलाई महिनामा आन व्है प्रान्तको दिङ्ग य्वान जिल्लामा जन्मनु भएको हो। उहाँले सन् 1974 को मार्चदेखि जागिर खान थाल्नुभएको हो। सन् 1976 को मेमा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। उहाँ पैचिङ्ग विश्वविद्यालयबाट कानून तथा अर्थ विभागअन्तर्गत अर्थ शास्त्रमा स्नातक उत्तीर्ण हुनुभएको छ भने उहाँले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ साथै कानून शास्त्रमा डिग्री तथा अर्थ शास्त्रमा विद्यावारिधी पद हासिल गर्नुभएको छ।

            वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका उपसचिव।

            सन् 1974 देखि 1976 सम्म आन व्है प्रान्तमा अवस्थित फङ्ग यान जिल्लाको ता म्याउ सार्वजनिक समितिको तुङ्ग लिङ्ग गाउँमा विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

           सन् 1976 देखि 1978 सम्म आन व्है प्रान्तमा अवस्थित फङ्ग यान जिल्लाको ता म्याउ सार्वजनिक समितिको ता म्याउ गाउँमा चिनियाँ कम्युनिष्ट पार्टीको शाखा सचिव हुनुभएको थियो।

              सन् 1978 देखि 1982 सम्म पैचिङ्ग विश्वविद्यालयमा कानूनशास्त्र अध्ययन गर्नुभएको थियो र पैचिङ्ग विश्वविद्यालयको विद्यार्थी समितिका जिम्मेवार व्यक्ति हुनुहुन्थ्यो।

            सन् 1982 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको पैचिङ्ग विश्वविद्यालयका सचिव त्यसैगरी चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समितिका स्थायी सदस्य हुनुभएको थियो।

            सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समितिमातहत विद्यालय विभागका प्रमुख एवम् राष्ट्रिय विद्यालय संघीय समितिका महासचिव र चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका अतिरिक्त सचिव हुनुभएको थियो।

            सन् 1985 देखि 1993 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका सचिव एवम् राष्ट्रिय विद्यालय संघीय समितिका उपाध्यक्ष हुनुभएको थियो। यस अवधिभित्र सन् 1991 सेप्टेम्बरदेखि 1991 नभेम्बरसम्म चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विद्यालयअन्तर्गत प्रान्त तथा मन्त्रालयस्तरीय पदाधिकारी तालिम लिनुभएको थियो।

            सन् 1993 देखि 1998 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका प्रथम सचिव एवम् चिनियाँ युवा राजनैतिक विद्यालयको प्रमुख हुनुभएको थियो।

         (सन् 1993 देखि 1994 सम्म काम गर्दै यता पैचिङ्ग विश्वविद्यालयअन्तर्गत अर्थ विभागबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुभएको थियो र अर्थशास्त्रमा स्नातकोत्तर तथा डाक्टर डिग्री विद्यावारिधी हासिल गर्नुभएको छ।)

            सन् 1998 देखि 1999 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह नान प्रान्तीय समितिका उप-सचिव र ह नान प्रान्तका कार्यवाहक प्रमुख एवम् व्हाङ्ग ह नदि बाढी प्रतिरोध मुख्य निर्देशनालयका प्रमुख निर्देशक हुनुभएको थियो।

            सन् 1999देखि 2002सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह नान प्रान्तीय समितिका उप-सचिव र ह नान प्रान्तका प्रमुख एवम् व्हाङ्ग ह नदि बाढी प्रतिरोध मुख्य निर्देशनालयका प्रमुख निर्देशक हुनुभएको थियो।।

            सन् 2002देखि 2003सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह नान प्रान्तीय समितिका सचिव र ह नान प्रान्तका प्रमुख एवम् व्हाङ्ग ह नदि बाढी प्रतिरोध मुख्य निर्देशनालयका प्रमुख निर्देशक हुनुभएको थियो।

             सन् 2003 देखि 2004 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह नान प्रान्तीय समितिका सचिव र चिनियाँ जन काङ्ग्रेस अन्तर्गत ह नान प्रान्तको स्थायी समितिका प्रमुख हुनुभएको थियो।

            सन् 2004 देखि 2005 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ल्याउ निङ्ग प्रान्तीय समितिका सचिव हुनुभएको थियो।।

            सन् 2005 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ल्याउ निङ्ग प्रान्तीय समितिका सचिव र चिनियाँ जन काङ्ग्रेस अन्तर्गत ल्याउ निङ्ग प्रान्तको स्थायी समितिका प्रमुख हुनुभएको थियो।

            सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य हुनुभएको थियो।

             सन् 2008 देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका उपसचिव, राज्य परिषद्‍मा दक्षिणी जललाई उत्तरी भागतर्फ पठाउने परियोजना समितिका अध्यक्ष।

             चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पन्ध्रौं, सोह्रौ, सत्रौं तथा अठारौं समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी सत्रौं तथा अठारौं केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् स्थायी सदस्य हुनुभएको छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसको आठौं स्थायी समितिका सदस्य हुनुभएको थियो।

.