यु चङ्ग शङ्ग

कमरेड यु चङ्ग शङ्गको व्यक्तिगत विवरण

           यु चङ्ग शङ्ग, हान जातिका हुनुहुन्छ। सन् 1945 को अप्रिलमा च च्याङ्ग प्रान्तको शाउ सिङ्गमा उहाँको जन्म भएको हो। सन् 1963 को अगष्टदेखि उहाँले जागिर खान थाल्नुभएको हो। सन् 1964 को नोभेम्बरमा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। उहाँले हार्बिन सैनिक परियोजना कलेजको क्षेप्यास्त्र इन्जिनियरिङ्ग विभाग अन्तर्गत ब्यालिस्टिक क्षेप्यास्त्र स्वनियन्त्रण शास्त्र अध्ययन गर्नुभइ स्नातक उत्तीर्ण गर्नुभएको छ र साथै वहाँ इन्जिनियर पनि हुनुहुन्छ। उहाँको शिक्षास्तर विश्वविद्यालयसम्मको हो।

            वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरो स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शाङ्ग हाई शहर समितिका सचिव।

             सन् 1963 देखि 1968 सम्म हार्बिन सैनिक परियोजना कलेजको क्षेप्यास्त्र परियोजना विभाग अन्तर्गत ब्यालिस्टिक क्षेप्यास्त्र स्वनियन्त्रण शास्त्रबारे अध्ययन गर्नुभएको थियो।

            सन् 1968 देखि 1971 सम्म ह पै प्रान्तको चाङ्ग च्या खु शहरको छैठौं वायरलेस कारखानाका प्राविधिज्ञ हुनुभएको थियो।

            सन् 1971 देखि 1975 सम्म ह पै प्रान्तको चाङ्ग च्या खु शहरको छ्याउ सि वायरलेस कारखानाका प्राविधिज्ञ तथा जिम्मेवार व्यक्ति हुनुभएको थियो।

            सन् 1975 देखि 1981 सम्म चौथो यन्त्र उद्योग मन्त्रालय अन्तर्गत इलेक्ट्रोनिक प्रविधिको प्रचार-प्रसार तथा प्रयोग अनुसन्धान केन्द्रका प्राविधिज्ञ तथा इन्जिनियर हुनुभएको थियो।

            सन् 1981 देखि 1982 सम्म चौथो यन्त्र उद्योग मन्त्रालय अन्तर्गत इलेक्ट्रोनिक प्रविधिको प्रचार-प्रसार तथा प्रयोग अनुसन्धान केन्द्रका उप-प्रमुख इन्जिनियर हुनुभएको थियो।

           सन् 1982 देखि 1984 सम्म इलेक्ट्रोनिक उद्योग मन्त्रालय इलेक्ट्रोनिक प्रविधिको प्रचार-प्रसार तथा प्रयोग अनुसन्धान केन्द्रका उप-प्रमुख, इलेक्ट्रोनिक उद्योग मन्त्रालय अन्तर्गत कम्प्युटर उद्योगको व्यवस्थापन व्यूरोको प्रणाली सम्बन्धी दोस्रो विभागका प्रमुख, उप-प्रमुख इन्जिनियर एवंम मिनी कम्प्युटरको व्यवस्थापन विभागका प्रमुख, इलेक्ट्रोनिक उद्योग मन्त्रालय अन्तर्गत योजना विभागका उप-प्रमुख हुनुभएको थियो।

           सन् 1984 देखि 1985 सम्म चीनको अपाङ्ग कल्याण कोषका जिम्मेवार व्यक्ति तथा उप-प्रमुख, त्यहाँको चिनियाँ कम्युनिष्ट टोलीका सदस्य र सन् 1985 को जनवरीदेखि मार्चसम्म खाङ्ग व्हा कम्पनीका कार्यवाहक प्रबन्धक हुनुभएको थियो।

           सन् 1985 देखि 1987 सम्म चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्तको यान थाई समितिका उप-सचिव हुनुभएको थियो।

           सन् 1987 देखि 1989 सम्म चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्तको यान थाई समितिका उप-सचिव तथा यान थाई शहरका मेयर हुनुभएको थियो।

           सन् 1989 देखि 1992 सम्म चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्तको छिङ्ग ताउ समितिका उप-सचिव त्यसैगरी छिङ्ग ताउ शहरका उप-मेयर र मेयर पनि हुनुभएको थियो।

           सन् 1992 देखि 1994 सम्म चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्त समितिका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्तको छिङ्ग ताउ समितिका सचिव र छिङ्ग ताउ शहरको मेयर हुनुभएको थियो।

          सन् 1994 देखि 1997 सम्म चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्त समितिका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शान तुङ्ग प्रान्तको छिङ्ग ताउ समितिका सचिव हुनुभएको थियो।

         सन् 1997 देखि 1998 सम्म निर्माण मन्त्रालयअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टी समितिका सचिव तथा उपमन्त्री हुनुभएको थियो।

         सन् 1998 देखि 2001 सम्म निर्माण मन्त्री, निर्माण मन्त्रालयअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टी समितिका सचिव हुनुभएको थियो।

         सन् 2001 देखि 2002 सम्म चिनियाँ कम्युनिष्ट पार्टी हु पै प्रान्त समितिका सचिव हुनुभएको थियो।

          सन् 2002 देखि 2003 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी हु पै प्रान्त समितिका सचिव, चिनियाँ जन काङ्ग्रेस अन्तर्गत हु पै प्रान्तको स्थायी समितिका प्रमुख हुनुभएको थियो।

          सन् 2003 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी हु पै प्रान्त समितिका सचिव हुनुभएको थियो।

          सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शाङ्ग हाई शहर समितिका सचिव हुनुभएको थियो।

         सन् 2008 देखि 2011 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शाङ्ग हाई शहर समितिका सचिव, सन 2010 शाङ्ग हाई विश्व एक्स्पोको सञ्योजन समितिका प्रथम उप-प्रमुख सरहको सदस्य, कार्यकारी समितिका प्रमुख हुनुभएको थियो।

         सन् 2011 देखि 2012 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शाङ्ग हाई शहर समितिका सचिव हुनुभएको थियो।

          सन् 2012 देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी शाङ्ग हाई शहर समितिका सचिव हुनुभएको छ।

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको चौधौं समितिका अतिरिक्त सदस्य, पन्ध्रौं, सोह्रौ, सत्रौं र अठारौं समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको सोह्रौ तथा सत्रौं समितिका राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, स्थायी सदस्य हुनुभएको छ।