लिउ युन शान

कमरेड लीउ युन शानको व्यक्तिगत विवरण

           लीउ युन शान, हान जातिका हुनुहुन्छ। उहाँको जन्म सन् 1947 को जुलाईमा वल्लो शान सीको सिन चौ जिल्लामा भएको हो। उहाँले सन् 1966 को सेप्टम्बरदेखि जागिर खान थाल्नुभएको थियो र सन् 1971 को अप्रिलमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गर्नुभएको छ भने उहाँको शिक्षास्तर विश्वविद्यालयसम्मको हो।

            वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार-प्रसार विभागका प्रमुख।

           सन् 1964 देखि 1968 सम्म भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको चि निङ्ग शैक्षिक विद्यालयमा अध्ययन गर्नुभएको थियो।

           सन् 1968 देखि 1969 सम्म भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको थुमथचो राज्यको बा श विद्यालयमा शिक्षक बन्नुभएको थियो र थुमथयु राज्यको सुपुकाई सार्वजनिक समितिमा श्रमिकको हैसियतमा काम गर्नुभएको थियो।

           सन् 1969 देखि 1975 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको थुमथयु राज्य समितिको प्रचार-प्रसार विभागका निर्देशक हुनुभएको थियो।

           सन् 1975 देखि 1982 सम्म सिन व्हा समाचार समितिको भित्री मंगोलिया शाखा अन्तर्गत कृषि तथा पशुपालन टोलीका पत्रकार, उपप्रमुख तथा त्यस शाखाको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य हुनुभएको थियो।

            (सन् 1981 मा मार्चदेखि अगष्टसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय विश्विद्यालयमा अध्ययन गर्नुभएको थियो।)

           सन् 1982 देखि 1984 सम्म चिनियाँ कम्युनिष्ट युथ लिग अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश समितिका उप-सचिव तथा त्यस समितिको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका उप-सचिव हुनुभएको थियो।

            सन् 1984 देखि 1986 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश समितिको प्रचार-प्रसार विभागका उप-सचिव हुनुभएको थियो।

            सन् 1986 देखि 1987 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश समितिको प्रचार-प्रसार विभागका स्थायी सदस्य तथा सचिव हुनुभएको थियो।

           सन् 1987 देखि 1991 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश समितिका स्थायी सदस्य, महासचिव एवंम स्वायत्त प्रदेशको ट्रेड युनियन समितिका सचिव हुनुभएको थियो।

           सन् 1991 देखि 1992 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश समितिका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छ फङ्ग शहर समितिका सचिव हुनुभएको थियो।

            सन् 1992 देखि 1993 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश समितिका उप-सचिव एवंम चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छ फङ्ग शहर समितिका सचिव हुनुभएको थियो।

           (सन् 1989 देखि 1992 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विश्वविद्यालयको मातहतमा पार्टी राजनैतिक व्यवस्थापन बिषयसम्बन्धमा स्वअध्ययन गर्नुभएको थियो।)

           सन् 1993 देखि 1997 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत प्रचार-प्रसार विभागका उप-प्रमुख हुनुभएको थियो।

           सन् 1997 देखि 2002 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत प्रचार-प्रसार विभागका उप-प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टीको नैतिक सभ्यता निर्माण निर्देशन समिति कार्यालयका प्रमुख हुनुभएको थियो।

          सन् 2002 देखि 2012 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार-प्रसार विभागका प्रमुख हुनुभएको थियो।

           हाल चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार-प्रसार विभागका प्रमुख हुनुहुन्छ।

           चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बाह्रौं तथा चौधौं समितिका अतिरिक्त सदस्य, पन्ध्रौं, सोह्रौ, सत्रौं र अठारौं समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सोह्रौ तथा सत्रौं समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य, स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति सचिवालयका सचिव हुनुभएको छ।