वाङ्ग छि शान

कमरेड वाङ छि शानको व्यक्तिगत विवरण

           वाङ छि शान, हान जातिका हुनुहुन्छ। सन्1948को जुलाई महिनामा चीनको वल्लो शान सि प्रान्तमा उहाँको जन्मभएको हो। सन् 1983को फेब्रअरि महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो। सि पै विश्व विद्यालयबाट इतिहास विषयमा स्नातक उत्तीर्ण गर्नुभएको थियो। उहाँको शिक्षा स्तर विश्वविद्यालयसम्मको हो। उहाँ वरिष्ठ अर्थशास्त्री पनि हुनुहुन्छ।

           वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगका सचिव, राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य।

           सन् 1969 देखि 1971 सम्म चीनको पल्लो शान सि प्रान्तमा अवस्थित येन आन जिल्लाको फङ च्वाङ कम्यूनमा विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

           सन् 1971 देखि 1973 सम्म चीनको पल्लो शान सि प्रान्तको सँग्रहालयमा काम गर्नुभएको थियो।

           सन् 1973 देखि 1976 सम्म सि पै विश्व विद्यालयमा इतिहास विषय अध्ययन गर्नुभएको थियो।

           सन् 1976 देखि 1979 सम्म पुनः चीनको पल्लो शान सि प्रान्तको सँग्रहालयमा काम गर्नुभएको थियो।

           सन् 1979 देखि 1982 सम्म चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गतको आधुनिक इतिहास अनुसन्धान परिषदमा अनुसन्धानकर्ताको रुपमा काम गर्नुभयो।

          सन् 1982 देखि 1986 सम्म चीनको केन्द्रीय सचिवालय अन्तर्गत ग्रामिण क्षेत्रको नीति अनुसन्धान कार्यालय, राज्य परिषद् अन्तर्गत ग्रामिण क्षेत्र विकास तथा अनुसन्धान केन्द्रका प्रमुख तथा सम्पर्क कार्यालयका उप-प्रमुख हुनुभयो।

           सन् 1986 देखि 1988 सम्म चीनको केन्द्रीय सचिवालय अन्तर्गत ग्रामिण क्षेत्रको नीति अनुसन्धान कार्यालयका प्रमुख उच्चस्तरीय अनुसन्धानकर्ता, राज्य परिषद् अन्तर्गत ग्रामिण क्षेत्रको विकास तथा अनुसन्धान केन्द्रका प्रमुख हुनुभयो।

           सन् 1988 देखि 1989 सम्म चीनको ग्रामीण कोष लगानी कम्पनीका प्रबन्धक तथा त्यस कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सचिव हुनुभयो।

           सन्1989 देखि 1993 सम्म चिनियाँ जन निर्माण बैंकका उप-गभर्नर तथा त्यस बैंकको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य हुनुभयो।

            सन् 1993 देखि 1994 सम्म चिनियाँ जन बैंकका उप-गभर्नर तथा त्यस बैंकको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य हुनुभयो।

            सन् 1994 देखि 1996 सम्म चिनियाँ जन निर्माण बैंकका गभर्नर तथा त्यस बैंकको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सचिव हुनुभयो।

            सन् 1996 देखि 1997 सम्म चिनियाँ निर्माण बैंकका गभर्नर तथा त्यस बैंकको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सचिव हुनुभयो।

            सन् 1997 देखि 1998 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ तुङ प्रान्त समितिका स्थायी सदस्य बन्नुभयो।

             सन् 1998 देखि 2000 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ तुङ प्रान्त समितिका स्थायी सदस्य एवंम क्वाङ तुङ प्रान्तका उप-प्रमुख बन्नुभयो।

             सन् 2000 देखि 2002 सम्म राज्य परिषद अन्तर्गत आर्थिक व्यवस्था सुधार कार्यालयका प्रमुख एवंम त्यस कार्यालयको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सचिव हुनुभयो।

             सन् 2002 देखि 2003 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको हाई नान प्रान्त समितिका सचिव एवम हाई नान प्रान्तको जन काँग्रेसका अध्यक्ष हुनुभयो।

            सन् 2003 देखि 2004 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको पैचिङ नगर समितिका उप-सचिव, पैचिङ नगरका कार्यवाहक मेयर, पैचिङ ओलम्पिक खेलुकद सँयोजन समितिका कार्यकारी अध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको पैचिङ ओलम्पिक खेलुकद सँयोजन समितिका उप-सचिव हुनुभयो।

            सन् 2004 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको पैचिङ नगर समितिका उप-सचिव, पैचिङ नगरका मेयर, पैचिङ ओलम्पिक खेलुकद सँयोजन समितिका कार्यकारी अध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको पैचिङ ओलम्पिक खेलुकद सँयोजन समितिका उप-सचिव हुनुभयो।

           सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य हुनुभयो।

           सन् 2008 देखि 2011 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, राज्य परिषद्का उप-प्रधानमन्त्री, 2010 शाङहाई विश्व एक्सपो सँयोजन समितिका सदस्य हुनुभयो।

            सन् 2008 देखि 2011 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, राज्य परिषद्का उप-प्रधानमन्त्री हुनुभयो।

            सन् 2012मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगका सचिव, राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य।