पोताला दरबार

           तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको उत्तर-पश्चिमी पहाडमा पर्ने पोताला दरबार विश्वको सबैभन्दा अग्लो स्थानमा पर्ने सबैभन्दा ठूलो भवन हो। त्यसको निर्माण इस्वी सम्बत सातौं शताव्दीमा थालिएको थियो। पोताला दरबारमा तेह्र तला छन् भने त्यसको क्षेत्रफल एकचालीस हेक्टर छ। त्यहाँ विभिन्न दलाइ लामाहरुको पार्थिव शरिरलाई राखिएका स्तुप र अन्य स्तुपको भवन अनि विभिन्न आकारका हजारौं कोठाहरु छन्। हरेक स्तुप सुनको जलप लागाइनुका साथै अमूल्य रगन पनि कुँदिएको छ। त्यहाँका सबैभन्दा ठूलो स्तुप नै पाँचौं लामाको पार्थिव शरीरलाई राखिएको स्तुप हो। सो स्तुपको अग्लाई चौध दशम्लब आठ पाँच मिटर छ। त्यसमा छ हजार किलोग्राम भन्दा बढी सुन लगाइएको छ भने चार हजार भन्दा बढी मोती जडित गरिएको छ। त्यसैले त्यो निकै अमूल्य छ। पोताला दरबारको सबैभन्दा उच्च तहमा रहेको कोठा दिनभरि घाम लाग्नेभएका कारण त्यसलाई घाम कोठा भनिन्छ।

           सन 1961 मा चीनको केन्द्रीय सरकारद्बारा पोताला दरबारलाई राष्ट्रिय महत्वपूर्ण साँस्कृतिक पूरातात्विक महत्वको संरक्षण स्थलका रुपमा तोकेको छ। केन्द्रीय सरकारले हरेक वर्ष विशेष लगानी गरेर पोताला दरबारको जिर्णोद्धार गर्दैआएको छ। सन 1989 को वसन्तदेखि 1994 को ग्रीष्मकालसम्ममा चीनले पाँच करोड तीस लाख चिनियाँ युआन पठाएर पोताला दरबारको सर्वतोमुखी जिर्णोद्धार गरी त्यसलाई अझ शान्दार पारेको छ।