लिउ छिंग बाजा

          लिउ छिंग बाजा फि फा जस्तै बाजाको जातिमा पर्दछ। त्यसलाई बैंसको काठबाट बनाइन्छ जसको आकार पनि बैंसको पात जस्तै देखिन्छ। त्यसैले यसको नाउँ पनि लिउ छिंग वा लिउ ये छिंग अर्थात् बैंस बाजा वा बैंस-पात बाजा रहेको छ। लिउ छिंग बाजाको आकार फि फा बाजाको जस्तै छ। सबैभन्दा अघिल्लो लिउ छिंग बाजाको बनौट निकै सरल थियो। लिउ छिंग बाजा निकै लोकप्रिय भएकाले त्यसको अर्को नाउँ "स्थानीय फि फा"हो। "स्थानीय फि फा" लामो समयसम्म चीनको शान् तोंग, आन् व्हो र च्यांग सु प्रान्तमा प्रचलित थियो र साधारणतया स्थानीय ओपेराको अभिनय गर्दा त्यस बाजालाई साथ दिने बाजाका रुपमा प्रयोग गरिन्छ।

         लिउ छिंग बाजाको आकार फि फा बाजाको जस्तै छ। त्यसको बजाउने तरिका पनि फि फा बाजाको जस्तै छ। खालि लिउ छिंग बाजालाई बजाउँदा काठको फल्याकको उपयोग गरिन्छ।

         सन् 1958 को अन्ततिर वांग व्ही रेन् तथा बाजा कारखानाका कामदारहरुले संयुक्त रुपमा पहिलो पुस्ताको नयाँ खालको लिउ छिंग बाजा— तीन तारे लिउ छिंगको उत्पादन गरिसकेका थिए। तीन तारे लिउ छिंग पहिलेका दुइ तारबाट तीन तारे बाजाका रुपमा स्थापित भैसकेको छ। सन सत्तरीको दशकमा वांग व्ही रेनले दोस्रो पुस्ताको नयाँ खालको लिउ छिंग— चार तारे लिउ छिंग बाजाको उत्पादन गरेका थिए।

          लिउ छिंग बाजाले आज चिनियाँ संगीतको क्षेत्रमा विविध भूमिका खेलिरहेको छ। जातीय बाजाको आर्कष्ट्रामा लिउ छिंग बाजा प्लकिङ बाजा समूहभित्रको उच्च स्वर भएको बाजा हो। त्यसको ध्वनि विशेष खालको छ। यसबाहेक लिउ छिंग बाजाको श्वर पश्चिमी बाजा मेन्डोलिनको जस्तो पनि छ।

         संगीत:《बोम्बेक्स रुखको फूल फूलिरहेको》