गाओ हु बाजा

           गाओ हु बाजा "उच्च स्वर भएको अर हु"को साझा नाउँ हो। त्यो अर हु बाजाको आधारमा सुधार गरेर बनाइएको बाजा हो। गाओ हु बाजाको उत्पत्ति चीनको स्थानीय संगीत अर्थात् क्वांग तोंग संगीतसित सम्बन्धित छ।

          "क्वांग तोंग संगीत" चीनको क्वांग तोंग क्षेत्रमा प्रचलित स्थानीय बाजाबाट बजाइने बजाइने संगीत हो। त्यसको उत्पत्ति स्थानीय ओपेरा र स्थानीय संगीतबाट भएको हो। शुरुमा क्वांग तोंग संगीतमा गाओ हु बाजा नै थिएन। गत शताव्दीको बीसको दशकमा "क्वांग तोंग संगीत"का रचनाकार र वादक ल्यु वन् छनले अर हु बाजाको सुधार गर्नुभयो। उहाँले परम्परागत अर हु बाजाको रेशमी धागोको तारलाई इस्पातको धागोको तारका रुपमा परिणत गरिदिनुभयो। जसले गर्दा अर हु बाजाको स्वर उच्च भएको छ। यसैकारण त्यसलाई गाओ हु बाजा भन्नथालिएको हो। त्यो छिटै नै "क्वांग तोंग संगीत "को मुख्य बाजा बनेको छ।

          गाओ हु बाजाको बनौट, उत्पादन र सामग्री आधारभूत रुपमा अर हुको जस्तै छ। र तिनीहरु बीचको सबैभन्दा ठूलो फरक यौटाको गुन्जन बाकस मोटो र अर्काको मसिनो छ। गाओ हु बाजाको उत्पादन अलि ढिलो भएकाले बाजा-निर्माताहरु सुधार गर्दा डरको भावना वा बन्धनबाट मुक्त हुन्थे। कुनै बाजा निर्माताहरुले दुइ तारे बाजालाई तीन तारे बाजामा परिणत गरिदिएका थिए ।

      गाओ हु बाजाको स्वर गायकाको स्वर जस्तै सुस्पष्ट र चर्को तथा सुरिलो भएकाले त्यो सधै नै आर्केस्ट्रामा निकै स्पष्ट सुनिन्छ। यसैले चिनियाँ जातीय आर्केस्ट्रामा सधैं नै गाओ हु बाजालाई निकै महत्वपूर्ण स्थान दिइन्छ। यसका अतिरिक्त, गाओ हु बाजासित निकै पर्याप्त अभिव्यक्ति क्षमता रहेकाले आर्केस्ट्रामा त्यसले सधैं नै मुख्य लयका लागि साथ दिन्छ।

         संगीत:《पानीव्दारा केरा रुखमाथि हिर्काइने》