छिंग बाजा

           छिंग बाजा चीनको सबैभन्दा प्राचीन जातीय बाजा हो। त्यसको आकार निकै सुक्ष्म छ। फान् बाजाको इतिहास निकै लामो छ। सुदूर प्राचीनकालीन मातृसत्तात्मक समाजमा छिंग बाजालाई "श" र "मिंग छ्यू"भनिन्थ्यो। त्यस बेला मानिसहरु माछा मारेर वा शिकार गरेर जीवन बिताउँथे। श्रमपछि ढुंगामा ठोकेर विभिन्न जंगली जनावरको नक्कल गर्दै मानिसहरु नाच-गान गर्थे र रमाउँथे। त्यस बेला ठोकिने ढुंगा क्रमशः परिवर्तित भएर पछिको ठोकेर बजाउने बाजा छिंग बाजाका रुपमा परिवर्तित हुनपुगेको हो।

          सर्वप्रथम नाच-गान आदि कार्यक्रममा छिंग बाजाको उपयोग हुन्थ्यो। पछि बिआन् चोंग बाजा जस्तै इतिहासहअ माथिल्लो तहका शासकहरुका लागि युद्ध लड्ने वा पूजा गर्ने विभिन्न कार्यक्रममा छिंग बाजाको उपयोग हुन्थ्यो।

         त्यसको उपयोग हुने थलो र बजाउने तरिका बमोजिम छिंग बाजालाई विशेष छिंग बाजा र संकलित छिंग बाजाका रुपमा छुट्‌याइएको छ। विशेष छिंग बाजा त बादशाहले आकाश र पृथ्वीको पूजा गर्दा वा आफ्ना पूर्खाहरुप्रति श्रद्धान्जली चढाउँदा बजाउने बाजा हो। अनि संकलित छिंग बाजा अन्तर्गत केही छिंग बाजाहरुलाई यौटा समूहमा संकलन गरेर काठको दराजमा झुण्ड्याएर बजाइन्छ। मुख्यतः दरबारको संगीतमा त्यसको उपयोग हुन्छ। दुइ हजार वर्षभन्दा अघिको युद्ध-कालमा छु नामक मुलुकको संकलित छिंग बाजा बनाउने प्रविधि तुलनात्मक रुपमा उच्च स्तरमा पुगेको थियो।

           सन् 1978 को अगष्टमा चिनियाँ पूरातत्वविद्हरुले हु पै प्रान्तको स्वी जिल्लामा आजभन्दा दुइ हजार चार सय वर्षअघिको प्राचीन समाधि अर्थात् चन् हौ यी समाधिको उत्खनन गर्नुभयो। सो समाधिमा प्राचीन छु नामक मुलुकको साँस्कृतिक विशेषतायुक्त संकलित छिंग, स, स्याओ, गु जस्ता एक सय बीसवटा प्राचीन बाजाहरु र थुप्रै पूरातात्विक वस्तुहरु फेला परेका थिए। त्यसका साथै त्यहाँ भेट्टिएका बत्तिसवटा ढुंगाबाट बनाइएका चन् हौ यी (संकलित छिंग बाजा) पनि पत्ता लाएको थियो। ती ढुंगाहरु दुइ तहमा तामाको दराजमा झुण्ड्याइएका थिए। त्यस संकलित छिंग बाजा पूरै जेड, चून ढुंगा आदिबाट बनाइएको थियो जसको स्वर सुस्पष्ट र सुमधूर छ। अफसोसको कुरा के थियो भने ती बाजाहरु धेरैजसो फूटेका थिए र बजाउनका लागि योग्य थिएनन। सन् 1980 मा हु पै प्रान्तको संग्रहालय र उ हान् भौतिक अनुसन्धान प्रतिष्ठानको संयुक्त सहयोगमा उक्त संकलित छिंग बाजाको प्रतिलिपि तयार पारिएको थियो। त्यसको स्वर मीठो र सुमधूर छ।

         सन् 1983 मा हु पै प्रान्तको नाट्य मण्डलीले फेरि बत्तिसवटा ढुंगाबाट निर्मित यौटा संकलित छिंग बाजा तयार पारेको थियो। सन् 1984 को सेप्टेम्बरमा सु चौ शहरको जातीय बाजा कारखानाले जेडका अठारवटा संकलित छिंग बाजा बनाइसकेको थियो।

        चन् हौ यी (संकलित छिंग बाजा)बाट बजाइने संगीत:《बांसको कविता》