काउ वै जे

           सङ्गीतकार काउ वै जे विशेष गरी सङ्गीतको धून बनाउने कार्यमा संलग्न हुनुहुन्छ। उहाँले सन् 1960 मा श छुआन सङ्गीत अध्ययन संस्थानबाट स्नातकोपाधि हासिल गर्नुभएको छ। त्यसपछि उहाँ त्यसै अध्ययन संस्थानमा सङ्गीत विभागका प्रमुख र त्यसपछि चीन संगितकार अध्ययन संस्थानको सङ्गीत विभागका प्रमुख हुनुहुन्थ्यो।

           सन् 1983 मा उहाँ सङ्गीत सिर्जना एवम् अन्वेषण संघका अध्यक्ष हुनुहुन्थ्यो। हाल उहाँ चीन सङ्गीत अध्ययन संस्थानमा प्रोफेसर हुनुहुन्छ।

           उहाँको सङ्गीतका विषय धेरै छन्। उहाँले सिर्जना गर्नुभएको पिआनो, बेला, बाँसुरी र अर हू नामको चिनियाँ बाजा र पश्चिमी बाजा एकै साथ बजाउने सङ्गीत कार्यक्रमहरुले चीन र विदेशमा धेरै पुरस्कार प्राप्त गरेका छन।

          सङ्गीत क्षेत्रमा आफ्नो चालिस वर्षभन्दा बढी लामो जीवनमा उहाँले थुप्रै सङ्गीतकारहरु हुर्काउनुभएको छ। उहाँका धेरै विद्यार्थीहरु, जस्तो चै सिआउ शुन, ह शिऔं थिएन, च्या दा छ्यौन, चु श रै, थाङ्ग छिङ्ग श आदि व्यक्तिहरु विश्वमा चर्चित सङ्गीतकार, सङ्गीतका सिद्धान्तकार र शिक्षक बन्नुभएको छ। श्री काउ वै जे न्यूजिल्याण्ड, गणतन्त्र कोरिया, फ्रान्स, बेलायत, अमेरिका, होल्याण्ड, मेक्सिको, हङ्ग कङ्ग जस्ता मुलुक र क्षेत्रहरुमा आयोजित सम्मेलन तथा सङ्गीत समारोहहरुमा सहभागी हुनुभएको छ। उहाँले त्यहाँ आफूले धून बनाएका सङ्गीतको प्रदर्शन-वादन पनि गर्नुभएको थियो। उहाँको नाम बेलायतको क्याम्वृज विश्वविद्यालयबाट प्रकाशित "अन्तर्राष्ट्रीय सङ्गीत र प्रसिद्ध सङ्गीतकार सम्बन्धी शब्द कोषमा समावेश गरिएको छ। उहाँले चिनियाँ राज्य परिषदद्बारा प्रदान गरिएको विशेष आर्थिक अनुदान प्राप्त गर्नुभएको छ।

           संगीतः <सपना>