वाङ्ग लो पिङग्

             संगीतकार वाङ्ग लो पिङ्गको जन्म सन 1993को जनवरीमा पैचिङ्गमा भएको थियो र सन 1996 मा देहान्त भएको थियो। उहाँ पश्चिमी चीनको लोक गीतको प्रचार-प्रसार गर्ने व्यक्ति र चिनियाँ आधुनिक गीतका सम्राट पनि हुनुहुन्थ्यो। सन् 1919मा उहाँ प्राथमिक विद्यालयमा भर्ना हुनुभएको थियो र उहाँले त्यहाँ विद्यालयमा सिकाइने गीत बाहेक कतिपय पश्चिमी र जापानी गीत पनि सिक्नुभएको थियो। सन् 1924मा उहाँ पैचिङ्गस्थित क्रिष्टीयन चर्चले स्थापित गरेको एउटा माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा पश्चिमी संगीतको सम्पर्कमा आउनुभएको थियो। सन् 1931देखि उहाँले पैचिङ शिक्षा विद्यालयको कला-विभागमा कार्यरत एउटी रुसी शिक्षिका श्रीमती होजार्टसँग पिआनो र पश्चिमी संगीत सिक्न थाल्नुभयो।

           सन् 1937मा श्री वाङ्ग लो पिङ्गले चीनमाथि अतिक्रमणकारी युद्ध छेडेको जापानी साम्राज्यवाद विरोधी अभियानमा सहभागी हुनुभएको थियो। सन् 1938मा उहाँलाई सिन च्याङ्ग पठाइएको थियो। सिन च्याँगका गीत तथा संगीतले उहाँलाई निकै आकर्षित गरे। उहाँले सिन च्याँको थुलुफानको लोक गीत"डा बान शहर"का लागि "घोडा चढाउने व्यक्तिको गीत"शिर्षकको संगीत सिर्जना गर्नुभएको थियो।

           त्यसपछि उहाँले जुनसुकै ठाउँमा पुगे त-पनि त्यहाँको लोक गीत खोज्न मन पराउनुभएको थियो। जस्तो युगूर जातिका गीत र संगीतहरु:"काशखर गीत"," आलामोहान ", " आधा चन्द्र उठेको "," म तिमीलाई भोलिसम्म पर्ख्छु ", " माइला "," डोथार र मालिया "आदि आदि। उहाँले लुख्नुभएका विभिन्न जातिका गीत संगीतहरु देशभरिका चिनियाँहरु गाउन मन पराउँछन्।

          विभिन्न जातिका लोक गीत खोजेर पाएको आधारमा उहाँले यी लोक गीतलाई सम्शोधित गर्नुभएको थियो। जस्तो उहाँले कजाकस्तान जातवको "सेतो निधार"नामक गीतलाई"धेरै टाढा ठाउँमा"भन्ने नाममा गीत बनाउनुभएको हो। केयौं दशकमा"धेरै टाढा ठाउँमा"भन्ने गीत एकदमै लोकप्रिय छ।

           संगीतः <युवाहरुको नाच>