चाङ्ग लि

           संगितकार चाङ्ग लि को जन्म सन 1932को अक्टुबर सत्र तारिखका दिन भएको हो। उहाँले सन 1945 देखि सन्1948 सम्म डा लिएन शहरको एक नं. माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको थियो भने सन 1948 मा उहाँ उत्तर-पूर्वी क्षेत्रस्थित लु श्वैन कला विद्यालयको नाट्य विभागमा अध्ययन गर्नथाल्नुभएको थियो। सन 1955मा उहाँले पैचिङ्ग शिक्षण विश्वविद्यालयमा पढाउन थाल्नुभयो। सन 1957 देखि उहाँले जि लिन प्रान्तिय नाट्य सेवामा र सन 1970 देखि केन्द्रीय जातीय नाट्य मण्डलिमा काम गर्नुभएको थियो।

          झण्डै पचास वर्षभन्दा बढी अवधिमा उहाँले सिर्जना गर्नुभएको संगीत जन-समूह बीच निकै लोकप्रिय छन।

         बीसौं शताद्बिको साठीको दशकमा उहाँको सिर्जना समाजमा अस्वीकृत भएको थियो। तर उहाँ आशावादी हुनुहुन्थ्यो। उहाँले निकै मेहनतका साथ काम गर्दागर्दै अन्त्यमा समाजले उहाँलाई फेरि स्वीकार गर्‍यो।

         उहाँ हाल निकै बुढा र व्यस्त हुनुभए तापनि चिनियाँ कलात्मक क्षेत्रका लागि आफ्नो योगदान अनवरत छ।

           गीतः <म र मेरो मातूभूमि>