हु पिंग श्य्वी

    हु पिंग श्य्वी चीनको सङ्गीत क्षेत्रका वरिष्ठ सङ्गीत निर्देशकमध्येहरुका एक हुनुहुन्छ। उहाँ सन् 1955 मा चीनको केन्द्रीय सङ्गीत अध्ययन संस्थानमा भर्ना हुनुभयो। सन् 1958 मा उहाँले यस अध्ययन संस्थानको प्रमाणपत्र तहमा अध्ययन गर्न शुरु गर्नुभएको थियो। उहाँको पढाइ उत्तम भएको हुनाले सन् 1959 मा उहाँले काठको मुरली विशेषज्ञ कक्षामा पढ्न शुरु गर्नुभयो। सन् 1963 मा उहाँले सर्वोत्तम उपलव्धि हासिल गरी स्नातक बन्नुभयो। र त्यसपछि उहाँ चीनको केन्द्रीय सिम्फोनी आर्केष्ट्रामा काठको मुरली वादक बन्नुभयो।

          हु पिंग श्य्वीले चीनको केन्द्रीय सिम्फोनी आर्केष्ट्रा, शांगहाईको पैचिंग ओपेरा, पैचिंगको पैचिंग ओपेरा, चीनको केन्द्रीय ओपेर, पूर्व नाचगान मण्डल, चीनको केन्द्रीय नृत्य-नाटक मण्डल, चीनको केन्द्रीय जातीय सङ्गीत मण्डल लगायत सातवटा राष्ट्रिय स्तरका कला मण्डलका स्थायी सङ्गीत निर्देशक तथा कला निर्देशकको पद सम्हाल्नुभएको छ।

           श्री हु पिंग श्य्वीले ठूलो सिम्फोनी《शा च्या पांग》तथा आधुनिक पैचिंग ओपेरा《बुद्धिमार्फत वै हु पहाड पाउनु》, 《तु च्वेन पहाड》को सिर्जना कार्यमा भाग लिनुभएको थियो। उहाँले सिम्फोनी र चीनको जातीय सङ्गीतलाई जोडेर नयाँ खालको सङ्गीतको सिर्जना गर्नुभएको कुरा चीनको कलाको इतिहासमा एउटा ठूलो नविकरण तथा विकास हो।

          श्री हु पिंग श्य्वीले कलामा प्राप्त गर्नुभएको ठूलो उपलव्धिका कारण चिनियाँ सँस्कृति मन्त्रालयले उहाँलाई श्रेष्ठ सङ्गीत निर्देशकको पुरस्कार दिएको थियो। उहाँ धेरै पटक महत्वपूर्ण कला प्रदर्शनमा सङ्गीत निर्देशक बन्नुभएको थियो। उदाहरणका लागि, एघारौं एशियाली खेलकुदको बिसर्जन समारोहमा भएको ठूलो रात्री समारोह《आज आकाशका ताराहरु उज्याला छन》लाई लिन सकिन्छ। सन् 1995 मा चिनियाँ डिस्क कम्पनीले श्री हु पिंगलाई सङ्गीत निर्देशक विशेष पुरस्कार प्रदान गरेको थियो।

          श्री हु पिंग श्यवीको निर्देशन फूर्तिलो र समय सही छ। उहाँले धेरै चल-चित्र र टेले-नाटकका लागि सङ्गीत निर्देशन गर्नुभएको छ। श्री हु पिंग श्यवी व्यवस्थापकहरुसँग राम्रो व्यवहार गर्नुहुन्छ। उहाँले चीनको जातीय सङ्गीत निर्देशनको स्तरलाई अन्तर्राष्ट्रिय स्तरसम्म उकास्नुभएको छ। यो उहाँले बितेका केही वर्षमा चीनको जातीय संङ्गीतको निर्देशनका लागि पुर्‍याउनुभएको एउटा महत्वपूर्ण योगदान हो।

          सन् 1999 मा श्री श्री हु पिंग श्यवीको नेतृत्वमा रहेको चीनको केन्द्रीय जातीय सङ्गीत टोलीले अमेरिकाका अठारवटा शहरमा प्रदर्शन गरेको थियो। त्यसले अन्तर्राष्ट्रिय स्तरका बेला वादकसँग मिलेर कारनेचिक सङ्गीत भवनमा《वसन्तको सपना》प्रदर्शन गरी ठूलो सफलता प्राप्त गरेको थियो।

          सन् 1997 देखि 2000 सम्म श्री हु पिंग श्यवी, आमन्त्रित भएर, सिंगापुरको चिनियाँ संङ्गीत टोलीका प्रथम सङ्गीत निर्देशक हुनुभएको थियो। यस अवधिमा उहाँको नेतृत्वमा सिंगापुरको चिनियाँ सङ्गीत टोलीले पैचिंग, शांगहाई, श्यामन, थाइवान लगायतका स्थानहरुमा प्रदर्शन गरेर ठूलो सफलता प्राप्त गरेको थियो।

            सङ्गीत: फि श्यु नाच