लि द लुन

           श्री लि द लुन चिनियाँसिम्फोनी आर्केष्ट्राका सल्लाहकार र चिनियाँ संङ्गीतकार संघका उपाध्यक्ष हुनुहुन्छ। श्री श्री लि द लुनको जन्म सन् 1917 मा पैचिंगमा भएको हो। वालक कालमा उहाँले पियानो तथा बेला वादना सिक्नुभएको थियो। फु रन् विश्व विद्यालयमा पढ्दा उहाँले गुरु तथा सहपाठीहरुसँगै विद्यार्थी आर्केष्ट्रा टोलीको गठन गर्नुभएको थियो। सन् 1940 मा उहाँले शांहाई संङ्गीत अध्ययन संस्थानमा पढ्नुभएको थियो। उहाँले भायोलेनोसेलो तथा संङ्गीतको सिद्धान्त सिक्नुभएको थियो।

            सन् 1942मा श्री लि द लुनले शांगहाईमा आफ्ना सहपाठीहरुसँगै मिलेर "चिनियाँ युवा सिम्फोनी आर्केष्ट्रा"को गठन गर्नुभएको थियो। सन् 1943 मा शांहाई संङ्गीत अध्ययन संस्थानबाट स्नातक भएपछि उहाँले यान आन शहर गई चिनियाँ केन्द्रीय आर्केष्ट्रल संङ्गीत टोलीका निर्देशक तथा शिक्षक हुनुभयो। सन् 1949 मा उहाँ पैचिंगमा चिनियाँ केन्द्रीय ओपेरा नाट्यशालाका निर्देशक हुनुभयो।

          सन् 1953 देखि यता प्रख्यात निर्देशक प्राध्यापक आनासोभको विद्यार्थीको हैसियतले श्री लि द लुनले पहिलेको सोभियत संघको मास्को संङ्गीत अध्ययन संस्थानको संङ्गीत निर्देशन सेवामा अध्ययन गर्नुभयो। उहाँ सन् 1957 को शरद ऋतुमा स्वदेश फर्केर चिनियाँ केन्द्रीय संङ्गीत टोलीका निर्देशक हुनुभयो।

         पैचिंग र चीनका अन्य ठाउँमा प्रदर्शन गर्नुबाहेक, श्री लि द लुनको नेतृत्वमा रहेको चिनियाँ सिम्फोनी आर्केष्ट्राले जापान, प्रजातान्त्रिक जन-गणतन्त्र कोरिया, हंगकंग विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्रमा प्रदर्शन गरेको छ। निर्देशकको हैसियतले उहाँले पहिलेको सोभियत संघको लेनिनग्राद तथा मास्को लगायतका बीसवटाभन्दा बढी संङ्गीत टोलीको नेतृत्व गरी फिन्ल्याण्ड, चेक र क्यूबा लगायतका मुलुकहरुमा प्रदर्शन गर्नुभएको थियो। सन् 1959 देखि उहाँले धेरै पटक ठूलो पैमानाको संङ्गीत टोलीको निर्देशन गरी प्रदर्शन गर्नुभएको थियो। सन् 1987 मा उहाँले पैचिंगमा आयोजित "सिम्फोनीको वसन्त" शिर्षकको ठूलो ढाँचाको संङ्गीत कार्यक्रममा उहाँले आठ सय जनाबाट गठित संयुक्त संङ्गीत टोलीलाई निर्देशन गर्नुभएको थियो।

         सन् 1985 पछि श्री ली द लुनले लक्जेम्बर्ग, स्पेन, जर्मनी, पोर्चुगल, क्यानाडा, अमेरिका लगायतका मुलुकहरुमा प्रदर्शन गर्नुभयो। सन् 1995 मा उहाँले थाइवानमा बीसौं शताव्दी चिनियाँहरुको संङ्गीत प्रदर्शनमा भाग लिनुभएको थियो।

          श्री ली द लुनले श्री ह ल्यु तिंग, मा स छौं, ल्व चौं रौं, वु चु छ्यांग, छन् फै श्युन लगायतका चिनियाँ संङ्गीतकारका सिम्फोनीको प्रदर्शन गर्नुका साथै विदेशमा 《ह्वांग ह नदी समवेत गान》, 《पहाड तथा वन-जंगलको गीत》लगायतका बीसवटाभन्दा बढी चिनियाँ संङ्गीतको प्रदर्शन गर्नुभयो। उहाँले विश्वको प्रख्यात एग्जेक्युटेन्ट ओइस्ट्राक, मेनुहिन, स्टेम, मा यौ यौ, निकोलाएभ, स्टाक्मन र चीनका संङ्गीतकार फु छौं, ल्यु स् खुन, शन श्यांग, क्व शु चन, हु खुन, ल्य्वी स् छिंग, श्वेन वै लगायत संङ्गीतकारसँगै सहयोग गरी प्रदर्शन गर्नुभएको थियो।

           श्री ली द लुन सन् 1985 मा फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रिय बेला वादन प्रतियोगिताका निर्णायक हुनुहुन्थ्यो। सन् 1986 मा उहाँ मास्कोमा छाइकोभ्स्की अन्तर्राष्ट्रिय भाइलेनसेलो प्रतियोगिताका निर्णायक हुनुहुन्थ्यो।

           धेरै वर्षदेखि यता श्री ली द लुनले सिम्फोनीको प्रचार-प्रसार र त्यसको विकासका लागि अथक प्रयास गर्नुभएको थियो। उहाँले पैचिंग, थेन चिन, क्वांग चौ लगायतका बीसवटा शहरमा संङ्गीत टोलीको स्थापना गर्नुभएको थियो। उहाँले पैचिंग संङ्गीत कइ, क्वांग चौ संङ्गीत कक्षको निर्माणका लागि सहायता दिनुभएको थियो।

           सन् 1980मा श्री ली द लुनले चिनियाँ सँस्कृति मन्त्रालयबाट मानार्थ निर्देशक पुरस्कार प्राप्त गर्नुभयो। सन् 1986 मा उहाँले हंगेरी सरकारको सँस्कृति मन्त्रालयबाट लिस्ट पदक प्राप्त गर्नुभयो। सन् 2001 को अक्टोबर उन्नाइस तारिखका दिन रोगका कारण श्री ली द लुनको निधन भयो।

            संङ्गीत: वसन्त चाड संङ्गीत