येन वै वन

  श्री येन वै वन चिनियाँ मुक्ति सेनाको सामान्य राजनैतिक विभाग अन्तर्गत नाट्य-मण्डलका उच्च स्वरमा गाउने पुरुष गायक हुनुहुन्छ। उहाँ चिनियाँ संगीतकार संघका सदस्य हुनुहुन्छ।

         श्री येन वै वनका शिक्षक चीनमा रागका लोकप्रिय प्राध्यापक चिन थे लिन हुनुहुन्छ। श्री येन वै वनको स्वर मिठो र उहाँको भावना हार्दिक छ। उहाँले आम श्रोताहरु र दर्शकहरुको माया जित्नुभएको छ। उहाँले गाउनुभएको 《अलामो》, 《मनको कुरा भन्नु》, 《एक दुइ तीन चार गीत》, 《घर सम्झदा》, 《सैनिकहरुको स्वभाव》, 《पूर्वतिरका सूर्य तथा चन्द्र》, 《मातृ-भूमि अमर रहोस्》, 《सैनिक झण्डामुनिका हामी》लगायतका गीत सेना र सर्वसाधारण बीच निकै लोकप्रिय छन्।

          श्री येन वैले आफ्ना गीतहरु दशवटा डिस्कमा रिकर्ड गर्नुभएको छ। यसका साथै उहाँले《चीनका अन्तिम राजा》, 《यांग नाइ वु र श्याउ बाइ छाइ》, 《चौ बंशका मुलुकहरु》लगायतका धेरै चल-चित्र तथा टेले-नाटकका लागि मुख्य गीत रिकर्ड गर्नुभएको छ।

           उहाँले चीनका तर्फबाट अमेरिका, जापान, क्यानाडा, फ्रान्स, जर्मनी, इटली लगायतका बीसवटाभन्दा बढी मुलुक तथा क्षेत्रको भ्रमण गरी स्वदेश र विदेशका दर्शकहरुको प्रसंसा प्राप्त गर्नुभएको छ।

         श्री येन वै वनले समस्त चीन र समस्त सेनाद्वारा आयोजित गायन प्रतियोगितामा धेरै पटक पुरस्कार पाउनुभएको छ। तीमध्ये उहाँले सन् 1988 मा तेश्रो राष्ट्रिय युवा गायक टेलिभिजन प्रतियोगितामा प्रथम पुरस्कार पाउनुभएको थियो। सन् 1989 मा चिनियाँ मुक्ति सेनाको कला प्रदर्शनमा प्रथम पुरस्कार पाउनुभयो। सन् 1992 मा उहाँले चीनको "स्वर्ण डिस्क"पुरस्कार पाउनुभयो। सन् 1993 र 1995 मा उहाँ चीनका दर्शकहरुलाई सबैभन्दा बढी मनपर्ने गायक बन्नुभयो। सन् 2001 मा आयोजित राष्ट्रिय एम.टि.भी. प्रतियोगितामा उहाँ र श्री थुंग थे सिन, ल्य्वी चि हुंले सँगै गाउनुभएको गीत《चीन मार्च》ले स्वर्ण पदक प्राप्त गर्‍यो।

           गीत: 《अलामो》