वाङ छ् हंग

           श्री वाङ छ् हंग चीनका प्रसिद्ध बाँसुरी वादक हुनुहुन्छ। उहाँ चीनको जातीय संङ्गीत क्षेत्रमा प्रतिभाशाली व्यक्तिहरुमध्येका एक हुनुहुन्छ। उहाँ अहिले चिनियाँ संङ्गीतकार संघका सदस्य, चिनियाँ जातीय सामूहिक संङ्गीत अनुसन्धान समितिका सदस्य र चिनियाँ जातीय संङ्गीत टोलीका नेता हुनुहुन्छ।

          श्री वाङ छ् हंगको जन्म सन् 1959 मा च च्यांग प्रान्तको हांग चौ शहरमा भएको थियो। किशोरावस्थादेखि नै उहाँले प्रसिद्ध बाँसुरीवादक चाउ सुंग थिंगबाट बाँसुरीवादन कला सिक्नुभयो। त्यसपछि उहाँले सन् 1980 मा चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थानमा प्रवेश गर्नुभयो। सन् 1984 मा चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थानबाट स्नातक भएपछि उहाँ चिनियाँ केन्द्रीय जातीय संङ्गीत टोलीमा बाँसुरीवादक बन्नुभयो। उहाँ धेरै परिश्रमी हुनुका कारण उहाँको प्रदर्शनमा चीनको दक्षिण र उत्तर दुबै क्षेत्रको परम्परागत शैली झल्किन्छ।

          श्री वाङ छ् हंगको प्रदर्शन भावनापूर्ण हुन्छ। उहाँले "चिनियाँ आवाजको पुनरुत्थान", " जातीय संङ्गीतको पुनरुत्थान" लगायतका ठूला ढाँचाका महत्वपूर्ण संङ्गीत कार्यक्रमहरुमा प्रदर्शन गर्नुभएको छ। यसका साथै उहाँले संङ्गीतकारसँगै घनिष्ठ सहयोग गरी धेरै नयाँ संङ्गीतको पनि सिर्जना गर्नुभएको छ।

         श्री वाङ छ् हंगले आफ्नो उत्तम बाँसुरी वादन कलाका कारण धेरै पटक स्वदेश र विदेशमा आयोजित संङ्गीत प्रतियोगिताहरुमा पुरस्कार प्राप्त गर्नुभएको छ। सन् 1982 मा उहाँले चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थानको जातीय संङ्गीत रचना सम्बन्धी तेश्रो पुरस्कार प्राप्त गर्नुभयो। सन् 1987 मा उहाँले क्वांग तुंग संङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभयो। सन् 1989 मा उहाँले राष्ट्रिय जातीय वाद्य-वादन प्रतियोगितामा दोश्रो पुरस्कार प्राप्त गर्नुभयो। सन् 1989 को जुलाइ महिनामा प्रजातान्त्रिक जन-गणतन्त्र कोरियामा आयोजित तेह्रौं विश्व युवा समारोहमा उहाँले बाँसुरी वादनमा स्वर्ण पदक प्राप्त गर्नुभयो। सन् 1991 मा उहाँलाई चिनियाँ साँस्कृतिक मन्त्रालयद्वारा उत्कृष्ट अभिनेता छानिएको थियो।

         सन 1990 मा श्री वाङ छ् हंगले पैचिंग संङ्गीत हलमा आफ्नो एकल बाँसुरी वादन कार्यक्रमको आयोजना गरी जातीय संङ्गीत क्षेत्रको उच्च मूल्यांकन प्राप्त गर्नुभयो। श्री ल्य्वी चिले उहाँलाई प्रसंसा गर्दै भन्नुभयो: श्री वाङ छ् हंगको प्रदर्शनले हाम्रो देशको परम्परागत सँस्कृतिको बिँडो थाम्नुका साथै त्यसमा नयाँपन पनि थप्नुभएको छ। श्री वाङ छ् हंगले धेरै पटक चीनको तर्फबाट फ्रान्स, जर्मनी, अमेरिका लगायतका मुलुकहरुको भ्रमण गरी उच्च मूल्यांकन प्राप्त गर्नुभएको छ।

           संङ्गीत:《रंगीचंगी लुगा संङ्गीत》