लु र रौंग

         श्री लु र रौंग सन् 1933 को जून एक तारिखका दिन हु पै प्रान्तको च्युन जिल्लामा जन्मनु भएको थियो। सन् 1945 मा उहाँले कला क्षेत्रमा भाग लिन शुरु गर्नुभएको थियो। सन् 1950 मा उहाँ हान चौं कला मण्डलीका बेला तथा दुइ-तारे चिनियाँ सारंगी वादक हुनुहुन्थ्यो। त्यसपछि उहाँले सि पै कला अध्ययन संस्थानमा प्रवेश गरी दुइ-तारे चिनियाँ सारंगी वादन कला सिक्नुभयो। सन् 1954 मा त्यस अध्ययन संस्थानबाट स्नातक भएपछि उहाँ त्यस अध्ययन संस्थानका शिक्षक हुनुहुन्थ्यो। अहिले उहाँ चिनियाँ संगीतकार संघ अन्तर्गत जातीय संगीत समितिका उप-प्रमुख, चिनियाँ जातीय आर्केष्ट्रल संघका उप-प्रमुख, पल्लो शान सि प्रान्तको जातीय आर्केष्ट्रल संघका प्रमुख तथा पल्लो शान सि प्रान्तको ओपेरा थिएटरका कला सल्लाहकार हुनुहुन्छ।

        आधा शताव्दीको कला जीवनमा श्री लु र रौंगले गुरु, वादक, निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ। उहाँले दुइ-तारे चिनियाँ सारंगीका लागि एक सय पचासवटा संगीत, बीस वटा भन्दा बढी जातीय आर्केष्ट्रल संगीत र दशवटा भन्दा बढी शोधपत्र लेख्नुभएको छ। उहाँले "छिन शैलीको दुइ-तारे चिनियाँ सारंगी", " छांग आन संगीत पक्ष"का स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

         श्री लु र रौंग विद्यार्थीहरुका विभिन्न विशेषता अनुसार विभिन्न तरिकामार्फत सिकाउनुहुन्छ। वितेका दर्जनौं वर्षमा उहाँले आफ्ना विशेषतायुक्त पाठक्रम तथा शैक्षिक प्रणालीको स्थापना गर्नुभएको छ। यसका साथै जातीय संगीत सम्बन्धी सिद्धान्त, दुइ-तारे चिनियाँ सारंगीको शिक्षा, वाद्य वादन, जातीय संगीत र संगीत निर्देशनको क्षेत्रमा उहाँले एक खेपका वरिष्ठ व्यक्तिहरु हुर्काउनुभएको छ।

        श्री लु र रौंगको वादन विशेषता: परम्परागत लोकप्रिय संगीतका आधारमा अथक सोच-विचारमार्फत उहाँले स्थानीय विशेषतायुक्त दुइ-तारे चिनियाँ सारंगी वादन शैलीको स्थापना गर्नुभएको छ। सन् 1960 मा शांहाईमा आयोजित राष्ट्रिय दुइ-तारे चिनियाँ सारंगी तथा बेला-वादन पाठ्यक्रम सम्बन्धी बैठकमा उहाँले आफूद्वारा सिर्जना गरिएको चीनको उत्तर-पश्चिमी भागको विशेषतायुक्त संगीत 《मि हु टोन》, 《शिंग थेन यौ》 बजाउनुभएपछि दुइ-तारे चिनियाँ सारंगीसम्बन्धी कलाकारद्वारा "दुइ-तारे चिनियाँ सारंगी-वादन शैली तथा सिपको नयाँ विकासकर्ता" भनेर उहाँको प्रशं‍सा गरिएको थियो।

       श्री लु र रौंगको संगीत सिर्जनाको विशेषता: उहाँका रचनामा पल्लो शान सिको चालचलन तथा स्थानीय बासिन्दाहरुको अनुभव समावेश गरिएको छ। उहाँका मुख्य रचनाहरु: दुइ-तारे चिनियाँ सारंगी संगीत :《मि हु टोन》,《खुशी छिन छ्वान,《फूल टिप्नु। श्री लु र रौंगको निर्देशनको विशेषता : उहाँले संगीत रचनाको उचित रुपमा समाधान गर्नुहुन्छ। उहाँको निर्देशनमा रहेको सि आन संगीत अध्ययन संस्थानको जातीय संगीत टोलीले बजाएका《नयाँ वसन्त मनाउनु, 《संगीतको कविता》, 《छांग आनको आगो》लगायतका एक खेपका उत्कृष्ट जातीय संगीतलाई स्वदेश र विदेशका विशेषज्ञहरुले उच्च मूल्यांकन गरेका छन। उहाँले《पहेंलो जमिन》लगायतका दशवटा सिनेमा अथवा टेलिनाटकका लागि संगीत बनाउनुभयो। सन् 1991 मा उहाँको नेतृत्वमा रहेको "छांग आनको पूराना संगीत मण्डली"ले यूरोपको भ्रमण गर्दा फ्रान्समा रिकर्ड गरेको 《छांग आनको पूराना संगीत》डिस्कले स्वर्ण पदक प्राप्त गर्‍यो।

         श्री लु र रौंगले प्रकाशित गर्नुभएका मुख्य शोधपत्रहरु:《पल्लो शान सिको शैली रहेको दुइ-तारे चिनियाँ सारंगीको विशेषता तथा वादन-कला,《छांग आनको पूरानो संगीत पहिलो पटक विश्वमा प्रवेश》, 《ल्यु थेन ह्वाले जातीय संगीतलाई विंडो थाम्नु तथा त्यसको विकास गर्नुको ऐतिहासिक महत्व तथा वर्तमान अर्थ》, 《चिनियाँ संगीत सम्बन्धी शिक्षा उच्च स्तरीय संगीत शिक्षाको स्थान》, दुइ-तारे चिनियाँ सारंगी-वादन लु र रौंगको कला》, 《जातीय संगीत रचनालाई महत्व, वादन सिपको प्रचार-प्रसार।

         गत शताव्दीको असीको दशकदेखि यता श्री लु र रौंगले, आमन्त्रित भएर, जापान, जर्मनी, फ्रान्स, बेल्जियम, हल्याण्ड, स्वीटरल्याण्ड, स्पेन, मलेशिया, सिंगापुर, हंगकंग र थाइवान लगायत मुलुक तथा क्षेत्रहरुमा गई साँस्कृतिक आदान-प्रदान तथा शैक्षिक गतिविधिको आयोजना गर्नुभएको थियो। उहाँले चीनको जातीय संगीत सम्बन्धी सँस्कृतिको प्रचार-प्रसार गरी "छांग आनको पूरानो संगीत"का बारेमा जानकारी दिनुभएकोमा विभिन्न स्थानको संगीत क्षेत्रको प्रशंसा प्राप्त गर्नुभएको छ। सन् 1992 मा चीनको राज्य परिषद्ले उहाँलाई "राष्ट्रमा टड्कारो योगदान गर्नुभएका विशेषज्ञको मान दिएको छ।

        संगीत: 《मे हु टोन》