चिनियाँ जडीबुटीबाट उपचार गराउने तरिका

         चिकित्सकले हेर्ने, सुन्ने, सोध्ने र छुने वा रोगी तथा रोगीका परीवारका सदस्यहरुसित कुराकानी गर्ने आदि तरिकामार्फत सम्पूर्ण रुपमा रोग सम्बन्धी विभिन्न सूचना प्राप्त गर्नसक्छन र त्यसपछि रोगको उपचार गर्छन। उपचारका क्रममा पनि उक्त चारवटा तरिका अपनाइन्छ। यी चारवटा तरिकाको आ-आफ्नो विशेष भूमिका छ र एकले अर्कालाई स्थानान्तरित गर्नसक्दैन। जटिल रोगको उपचारका क्रममा यी चारवटा तरिकाको सदुपयोग गरेर मात्र रोगलाई निर्मूल पार्नसकिन्छ।

हेर्ने उपचार

        हेर्ने उपचार भनेको शरीरभित्रका अंग र स्नायु-तन्तु आदिको सिद्धान्त वमोजिम रोगको जाँच-बुझ र उपचार गर्नु हो। मान्छेको जीउका बाहिर र भित्रका अंगहरु बीच निकै घनिष्ट सम्बन्ध हुन्छ। यी अंगहरुमा कुनै परिवर्तन देखा पर्‍यो भने मान्छेका बाहिरी अंगहरुबाट देख्दा पनि परिवर्तन हुन्छ। यसै सिद्धान्त बमोजिम अनुहारका विभिन्न अंगको परिवर्तनबाट शरीरभित्रका अंगहरुको परिवर्तनको अनुमान गर्नसकिन्छ।

सुन्ने उपचार

       सुन्ने उपचार भनेको चिकित्सकले सुन्ने र सोध्ने तरिकामार्फत रोगको स्वर र उत्सर्जित तत्वबाट रोगको जाँच-बुझ र उपचार गर्ने उपाय हो। स्वर सुन्ने तरिकामार्फत घाँटी जस्तै सम्बन्धित अंगको परिवर्तनको जाँच-बुझ गर्नसकेको मात्र शरीरभित्रका विभिन्न अंगको परिवर्तनको जाँच-बुझ गर्नसकिन्छ। यहाँ भनेको स्वरमा बोल्ने आवाज, सास फेर्ने आवाज, खोकी गर्ने आवाज र पेटको आवाज पनि समावेश छन्। जीउबाट निस्कने गन्ध सुँघ्ने कुरामा पनि दुइवटा विषय समावेश छन्। बाहिरी अंगबाट निस्कने गन्ध र शरीरभित्रका अंगबाट निस्कने गन्ध यी दुइवटा हुन। रगत, पसीना आदिको गन्ध जीउको बाहिरबाट सुँघ्न सकिन्छ भने शरीरभित्रका अंगहरुमा रोग लागेमा तीनबाट उत्सर्जित तत्वबाट दुर्गन्ध आउँछ। जस्तै: महामारी रोगीको शरीरभित्र दुर्गन्ध फैलिन्छ।

सोध्ने उपचार

          सोध्ने उपचार भनेको चिकित्सकले कुराकानी गर्ने तरिकामार्फत रोग उत्पन्न हुने अवस्था, रोगको विकास, वर्तमान अवस्था र उपचार गराइएको अवस्था आदि विषय बारे रोगी र रोगीको परीवारका सदस्यसँग सोध्छन्। बाहिरी अवस्थाबाट थाहा पाउन गाह्रो हुने रोगको जाँच-बुझ गर्दा सोध्ने उपचार अति राम्रो हुन्छ। यसैले यस विधिले रोगको इतिहास बारे जानकरी हासिल गर्नसकिने मात्र नभई रोगको अरु बढी जाँच-बुझका लागि नयाँ सूत्र प्राप्त गर्नसकिन्छ। साथै रोग सम्बन्धी सबै अवस्थाबारे खास जानकारी लिनसकिन्छ। यी अवस्थामा रोगीको सामान्य जीवन, काम गर्ने वातावरण, खाने बानी र विवाहको अवस्था आदि समावेश छन।

छुने उपचार

           छुने उपचार भनेको चिकित्साले रोगीको जीउमाथि छुने तरिका मार्फत रोगको जाँच-बुझ गर्ने उपाय हो। छुने उपचारमा नाडीको गतिका आधारमा उपचार गरिने र अंगमाथि थिच्ने यी दुइ किसिमका तरिका समावेश छन्। नाडीको गति बमोजिम शरीरमा नराम्रो परिवर्तनको जाँच-बुझ गर्नसकिन्छ। अंगमाथि थिच्ने तरिका: चिकित्सकले आफ्नो हातले रोगीको जीउमाथिका कुनै अंगमा थिचेर असामान्य परिवर्तन बारे जानकारी लिनसक्छन। यसै तरिकामार्फत रोग लागेको अंग र रोगको अवस्था बारे निश्चित गरेर उपचारको तरिका निर्धारण गर्नसक्छन।