मंगोलियाली चिकित्सा प्रणाली

मंगोलियाली चिकित्सा प्रणालीको आधारभूत अवस्था

        मंगोलियाली चिकित्सा प्रणाली मंगोलियाली जातिद्बारा लामो समयसम्मको चिकित्सा अभ्यासका क्रममा विकसित गरिएको परम्परागत चिकित्सा प्रणाली हो। त्यसको लामो इतिहास र विषयको विविधता मंगोलियाली जातिका जनताले रोग विरुद्ध गरेको संघर्षबाट प्राप्त अनुभवको सँगालो हो। यसका अतिरिक्त, मंगोलियाली चिकित्सा स्पष्ट रुपमा जातीय तथा क्षेत्रीय विशेषतायुक्त चिकित्सा विज्ञान पनि हो। मंगोलियाली चिकित्सा प्रणालीका आधारमा रोगको उपचार गर्दा प्रयोग गरिने औषधिहरुको संख्या थोरै हुनु तर त्यको प्रभाव राम्रो हुनु यस चिकित्सा प्रणालीको विशेषता हो।

मंगोलियाली चिकित्साको आधारभूत सिद्धान्त

         मंगोलियाली चिकित्सा प्रणालीमा हई, सिला र बादाकान यी तीन क्षेत्र बीचको सम्बन्धबाट मानव जातिको जैविक अवस्था र रोगको अवस्थाबारे व्याख्या गरिन्छ। हई भनेको मानव जातिको विभिन्न जैविक क्षमता-शक्ति हो। मानिसको विचार, भाषा, क्रिया र मुटु तथा फोक्सो आदि शरीरका भित्री अंगको क्षमता सबै हई अन्तर्गत पर्दछ। हईको क्षमता सामान्य नभएको खण्डमा शरीरका विभिन्न भित्री अंगको क्षमता पनि कमजोर हुन्छ। मान्छेको शरीरको तापक्रम र शरीरका विभिन्न भित्री अंगको तातोपना र आत्माको उत्तेजित नै सबै सिलाको भूमिका हो। सिला तातो भएको खण्डमा मान्छेको मुख तितो हुने वा मुखबाट अमिलो पानी निस्कने हुन्छ। बादाकान मानव जातिको शरिरमा भएको एक किसिमको खकार जस्तै वस्तु हो। बादाकानको क्षमतामा कमी आएको खण्डमा मान्छेलाई चिसो लाग्नुका साथै शरीरबाट राल र पिसाब आदि विभिन्न स्रावको परिमाणमा पनि बृद्धि हुन्छ।

मंगोलियाली चिकित्साको विशेष उपचार

(क) रगत निकालेर उपचार

         मंगोलियाली चिकित्सा पद्धतिमा मान्छेको शरिरको केही भागका रक्त नलीलाई काटेर दुषित रगतलाई बाहिर फाल्ने तरिकाबाट उपचार गर्नेगरिन्छ।

(ख) घोडाको अमिलो दूधद्बारा उपचार

        घोडाको अमिलो दूधबाट उपचार गर्नु मंगोलियाली जातिको परम्परागत उपचार पद्धति हो। यसबाट मान्छेलाई बलिया पार्नुका साथै विभिन्न रोगहरुको उपचार गर्न पनि सकिन्छ। सम्बन्धित अध्ययन अनुसार घोडाको अमिलो दूधमा चिनी, प्रोटिन, बोसो र भिटामिन आदि मान्छेका लागि धेरै उपयोगी वस्तुहरु पाइन्छन। घोडाको दूधमा, विशेष गरी भिटामिन सीको मात्रा निकै बढी हुन्छ।

(ग) हाड सम्बन्धी रोगको उपचार

         मंगोलियाली चिकित्सा पद्धतिअनुसार, हाड सम्बन्धी रोगको उपचार विभिन्न पुस्ताका चिकित्सकहरुद्बारा सञ्चय गरिएको जातीय विशेषतायुक्त उपचार प्रणाली हो। यसबाट हाड भाँचिएका आदि रोगीहरुको उपचार गर्न सकिन्छ।