चीनको वातावरण संरक्षण मन्त्रालय र सम्बन्धित चिनियाँ संस्था तथा संगठनहरु

           तीस वर्षको अथक प्रयासमा चीनको वातावरण संरक्षण कार्यले ठूलो उपलब्धि हासिल गरेको छ। चीनले आर्थिक बनौटको सामञ्जस्य गर्ने तथा भित्री चाहना विस्तृत पार्ने क्रममा स्पष्ट रुपमा वतावरण संरक्षणलाई बढी ध्यान दिएको छ। समष्टिगत रुपमा हेर्दा चीनभरी वातावरण प्रदूषणको स्थिति आधारभूत रुपमा नियन्त्रण गरेको पाइएको छ र केही शहर तथा क्षेत्रको वातावरणीय गुणस्तरमा सुधार गरिएको छ। जसले चीनको दिगो विकसित रणनीतिका लागि ठूलो योगदान दिएको छ।

          चीनको वातावरण संरक्षण मन्त्रालय चीनमा वातावरण संरक्षणको जिम्मा लिने सर्वोच्च संस्था हो। जसको पूर्व नाम अखिल चीन राष्ट्रिय वातावरण संरक्षण संस्था हो। नवौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको प्रथम सम्मेलनमा गरिएको अनुमोदन तथा चीनको राज्य परिषद्‍का सम्बन्धित संस्थाको सुधार सम्बन्धी योजनानुसार सन् 1998 मा चीनले मन्त्रालय स्तरको अखिल चीन राष्ट्रिय वातावरण संरक्षण कार्यालयको स्थापना गर्ने निर्णय औपचारिक रुपमा गरेको थियो। चीनको सामाजिक तथा आर्थिक विकासको क्रममा वातावरण संरक्षणलाई अझ महत्व दिनका लागि सन् 2008 मा औपचारिकरुपमा चीनको वातावरण संरक्षण मन्त्रालय गठन गरिएको छ। चीनको वातावरण संरक्षण मन्त्रालयबाहेक चीनको आन्तरिक क्षेत्रमा पनि धेरै संघसंस्था वातावरण संरक्षण कार्यमा सम्मिलित छन्। जस्तै: चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समिति, चीन वातावरण संरक्षण कोष, प्रकृतिको साथी, हरियो पैचिंग आदि। तिनीहरूको संयुक्त प्रयासमा सारा समाजमा वातावरण संरक्षण कार्यमा संलग्न हुने उत्सुकता झन् झन् बढ्दैगएको छ।