जल वातावरणको अवस्था

           चीनको भू-सतहको जल-श्रोत मुख्यतः सातवटा मुहानबाट पैदा भएको हो। अर्थात याङ सि नदी, व्हांग ह नदी, सुंग व्हा च्यांग नदी, ल्याओ ह नदी, चु च्यांग नदी, हाइ ह र व्है ह नदी।

          ती सात वटा नदी-खोला क्षेत्रको प्रदूषणको अवस्था हेरेर भन्ने हो भने हाइ ह नदी र ल्याओ ह नदी क्षेत्रको प्रदूषण सबैभन्दा गम्भिर देखिएको छ । पेट्रोल, एमोनिया, पारो आदि रासायनिक पदार्थहरु ती सातवटा नदी खोलालाई प्रदूषित पार्ने मुख्य तत्व हुन्। तलाउहरुलाई नाइड्रोजन, फोसफोरस आदि पदार्थले प्रदूषित पारेका छन्। यसबाट पानीको पोषण तत्व अति बढी भएको नराम्रो अवस्था देखा परेको छ। चीनको तेस्रो ताल थाई हु ताल र पाँचौ चाउ चाउ हु तालको अवस्था पनि अलि नराम्रो भएको देखिएको छ।

          चीनका धेरैजसो शहर र क्षेत्रमा भूमिगत पानीको गुणस्तर राम्रो छ र जनघनत्व बढी भएको र उद्योग व्यवसाय बढी भएका केही क्षेत्रका पानी केही प्रदूषित भएको देखिएको छ। ती भूमिगत पानीमा नाइट्रेट, नाइड्रोजन, फलाम, म्याग्नेज, एसिड आदि तत्वहरु बढी भएको पाइएको छ ।