वायुमण्डलको वातावरणीय अवस्था

           केही वर्ष यता चीनले वायुको प्रदूषणको नियन्त्रणका लागि विभिन्न प्रभावकारी कदम चलाउँदै आएको छ। हाल हावामा रहेका स-साना धूल-कणहरु शहरको वायुको गुणस्तरमा नराम्रो प्रभाव ल्याउने मुख्य प्रदूषक हुन्। चीनका उत्तरी क्षेत्रका शहरहरुमा स-साना धूल-कणहरुको प्रदूषण सामान्यतया दक्षिणी चीनका शहरहरुको तुलनामा निकै बढी देखिएको छ। त्यस्तो प्रदूषणको अवस्था गम्भीर हुने क्षेत्रहरुमा मुख्यतः चीनको उत्तरी क्षेत्र, उत्तर-पश्चिमी क्षेत्र, उत्तर-पूर्वी क्षेत्र, मध्य चीन तथा स छुआन् प्रान्तको पूर्वी क्षेत्र, छुङ छिङ शहर आदि ठाउँहरुमा रहेका छन। तीमध्ये केही शहरहरुमा फुल्फुर दीओक्सिडद्बारा प्रदूषणको अवस्था पनि मौजुद छ। चीनको दक्षिणी क्षेत्रमा अमिलो पानी पर्ने प्रदूषणको अवस्था मौजुद छ र यस किसिमको अवस्थामा रहेको क्षेत्र निकै ठूलो भएको देखिएको छ।