भूक्षय

         चीनको भू-श्रोतलाई नष्ट गर्ने दिशामा भू-क्षय बारम्बार उत्पन्न हुने भौगोलिक प्रकोप तथा वातावरणीय समस्या हो। ती मध्ये पहेंलो टारभूमि क्षेत्रको भूक्षयको अवस्था सबैभन्दा गम्भीर रहेको छ। यसबाट निकै हानी पनि ल्याइएको छ। चीनमा भू-क्षयको सामान्य अवस्था यस प्रकार छः आंशिक क्षेत्रमा नियन्त्रण गरिएको छ र सामान्यतः विस्तार पनि भएको। भू-क्षयभन्दा नियन्त्रणको कमी भएको अवस्था देखिएको छ। हालसम्म चीनमा लगभग एक तिहाइ जमीन भू-क्षयको शिकारमा भएको छ। हरेक वर्ष त्यसै खेर जाने माटोको कुल परिमाण पाँच अरब टन भन्दा बढी पुगेको छ। यो परिमाण सारा चीनको जग्गा-जमीनबाट एक सेन्टीमिटर माटो झिकिए बराबर छ। त्यस माटोमा निहित उर्वरा शक्ति चार करोड टन स्तरीय रासायनिक मल बराबर रहेको छ अर्थात सारा चीनमा एक वर्षमा उत्पादित रासायनिक मलमध्ये नाइट्रोजन, फसफोरस र पोटासियमको कुल मात्रा बराबर छ। खेती-पातीको अनुचित तरिका र वनस्पति नष्ट भएका कारण भू-क्षयको समस्या देखापरेको हो।