स्वामित्वको बनौट

           चीनको संविधान बमोजिम, मुलुकमा समाजवादको प्रारम्भिक चरणमा सार्वजनिक स्वामित्व प्रधान रहेको र बहुस्वामित्वयुक्त संयुक्त विकासको मूलभूत आर्थिक व्यवस्था लागू गर्ने तथा काम अनुसार माम भन्ने सिद्धान्त प्रधान रहेको नानाथरिका वितरण प्रणालीको सह-अस्तित्वयुक्त वितरणको व्यवस्था लागू रहेको छ। हाल चीनको अर्थतन्त्रमा स्वामित्वका आधारमा सरकारी अर्थतन्त्र, सामूहिक अर्थतन्त्र, निजी अर्थतन्त्र, व्यक्तिगत अर्थतन्त्र, संयुक्त पूंजीबाट सञ्चालित अर्थतन्त्र, शेयररुपी अर्थतन्त्र, विदेशी व्यापारीको पूंजीबाट सञ्चालित अर्थतन्त्र र चीनको हङ्गकङ्ग、मकाउ र थाइवानका व्यापारीको पूंजीबाट सञ्चालित अर्थतन्त्र समावेश छन्।

          सरकारी अर्थतन्त्र भनेको उत्पादन सामग्री मुलुकको नियन्त्रणमा रहने एक किसिमको आर्थिक ढाँचा हो। सामूहिक अर्थतन्त्र भनेको उत्पादन सामग्री नागरिकहरुको सामूहिक हकमा रहने एक किसिमको आर्थिक ढाँचा हो। निजी अर्थतन्त्र भनेको उत्पादन सामग्री श्रमिक स्वयम् आफ्नै हकमा रहेर भाडावाल श्रमिकलाई लिने आधारमा रहेको एक किसिमको आर्थिक ढाँचा हो। व्यक्तिगत अर्थतन्त्र भनेको उत्पादन सामग्री श्रमिक स्वयम् आफ्नै हकमा रहेर निजी श्रमको आधारमा श्रमबाट प्राप्त फल निज श्रमिकले लिने र त्यसको उपभोग गर्ने एक किसिमको आर्थिक ढाँचा हो। संयुक्त पूंजीबाट सञ्चालित अर्थतन्त्र भनेको फरक-फरक स्वामित्वमा रहेका व्यवसायहरुका बीच अथवा व्यवसाय र सरकारी कार्यालयका बीचको संयुक्त लगानीमा गठित नयाँ आर्थिक समूह जस्तो एक किसिमको आर्थिक ढाँचा हो। शेयररुपी अर्थतन्त्र भनेको दर्तामा राखिने सम्पूर्ण रकम-पूंजी सबै शेयरदारहरुले संयुक्त रुपमा लगाएको साथै शेयरको तरीकामार्फत ती पूंजीहरु लगानी गरेर व्यवसाय सञ्चालन गर्ने एक किसिमको आर्थिक ढाँचा हो। विदेशी व्यापारीले लगाएको पूंजीबाट सञ्चालित अर्थतन्त्र भनेको विदेशी लगानीकर्ताले चीनको सम्बन्धित वैदेशिक आर्थिक ऐन-कानून र नियम बमोजिम चल्दै संयुक्त पूंजी、सहयोग वा एकल पूंजी जस्ता तरीकामार्फत चीनभित्र व्यवसाय सञ्चालन गर्ने एक किसिमको आर्थिक ढाँचा हो। र चीनको हङ्गकङ्ग、मकाउ र थाइवानका व्यापारीको पूंजीबाट सञ्चालित अर्थतन्त्र भनेको हङ्गकङ्ग、मकाउ र थाइवानका लगानीकर्ताले जन गणतन्त्र चीनको सम्बन्धित वैदेशिक आर्थिक ऐन-कानून र नियम बमोजिम संयुक्त पूंजी、सहयोग वा एकल पूंजी जस्ता तरीकामार्फत चीनको मुख्य भूमिमा व्यवसाय सञ्चालन गर्ने एक किसिमको आर्थिक ढाँचा हो। विदेशी व्यापारीको पूंजीबाट सञ्चालित अर्थतन्त्रका अनुसार यसलाई संयुक्त पूंजीबाट सञ्चालित व्यवसाय、सहयोगमार्फत सञ्चालित व्यवसाय र एकल पूंजीबाट सञ्चालित व्यवसाय गरी यी 3 तरीकामा बाँडिएको छ।

          चीनको संविधानमा तोकिएअनुसार, कुनै पनि संगठन वा निजी व्यक्तिलाई कुनै पनि माध्यममार्फत राष्ट्रिय वा सामूहिक धन-सम्पतिमाथि दखल गर्ने वा त्यसलाई बिगार्ने, भत्काउने, नष्ट गर्ने छुट दिइने छैन। सरकारले निजी अर्थतन्त्र、व्यक्तिगत अर्थतन्त्र जस्ता गैह्र-सार्वजनिक स्वामित्वयुक्त अर्थतन्त्रको वैधानिक अधिकार र हितको संरक्षण गर्दछ। र नागरिकको वैधानिक निजी धन-सम्पतिमाथि आक्रमण गर्नदिंदैन।