समाजवादी बजारमूलक आर्थिक अवस्था

           सन् 1949 मा जन-गणतन्त्र चीनको स्थापना भएदेखि पछिका तीस वर्षमा चीन सरकारले योजनामूलक अर्थव्यस्था लागू गरेको थियो। विशेष राष्ट्रिय संस्थाले विभिन्न क्षेत्रमा आर्थिक विकासको लक्ष्य तोकेको थियो। यस अवस्थाले चीनको अर्थतन्त्र योजनानुसार, लक्षित रुपमा स्थिरताका साथ विकसित भए तापनि अर्थतन्त्रको आफ्नो शक्ति तथा विकासको गतिलाई गम्भीर रुपमा सिमित पारेको थियो।

          गत शताब्दीको सत्तरीको दशकको अन्तमा चीनले योजनाबद्ध आर्थिक अवस्थामा सुधार गर्नथाल्यो। सन् 1978 मा चीनको ग्रामीण क्षेत्रमा मुख्यतः केही परीवार मिलेर जग्गा-जमीनमा संयुक्त रुपमा खेतिपाती गर्ने व्यवस्था लागू भयो। सन् 1984 मा आर्थिक सुधारको कार्य गाँउदेखि शहरसम्म फैलिएको थियो। सन 1992मा चीनमा समाजवादी बजारमूलक अर्थ व्यवस्थाको स्थापनालक्षित सुधारको दिशा निश्चित गरियो।

            सन् 2003को अक्टोबरमा चीनमा समाजबादी बजारमूलक अर्थ व्यवस्थाको लक्ष्य तथा कार्यभार निश्चित गरियो। त्यसपछि चीनले समाजबादी बजारमूलक अर्थ व्यवस्थाको निर्माण गरिरहेको छ, र हालसम्म समाजबादी बजारमूलक अर्थ व्यवस्था दिनप्रतिदिन स्थापित हुँदै आएको छ।