लगानीको नीति

          विश्वमा सबैभन्दा धेरै विदेशी लगानी आकर्षित गर्ने मुलुकहरुमध्ये चीन पनि एउटा हो। विश्वको अर्थतन्त्रमा नराम्रो असर परिरहेको र अन्तर्राष्ट्रिय लगानी धेरै मात्रामा घटिरहेको स्थितिमा विदेशी लगानीको उपयोग गर्ने पक्षमा चीनले यस्तो टड्कारो उपलव्धि हासिल गरेका कारण चीनले धेरै प्रकारका सौविध्य-नीति बनाएको छ।

          गत शताव्दिको असीको दशकको आरम्भदेखि चीनले प्रशस्त जन-धनको लगानी गरेर क्रमिकरुपमा प्रशस्त आधारभूत संरचनाहरुको निर्माण गरिसकेको छ। यसले गर्दा विदेशी व्यापारीहरुलाई चीनमा लगानी गर्नका लागि राम्रो वातावरण तयार पारेको छ। यसका साथै चीनले विदेश सम्बन्धी आर्थिक ऐन-कानून पनि लागू गरेको छ जसले विदेशी व्यापारीहरुले चीनमा आएर लगानी गर्नका लागि कानूनी प्रत्याभूति दिएको छ। सन् 1997 को अन्तमा विदेशी व्यापारीहरुको लगानी र उत्पादन सम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ। यसले कृषिको विकास, श्रोत-साधन, यातायात, कच्चा तथा प्रशोधित सामग्री, उच्च एवम् नयाँ प्रविधि, वातावरणीय सुरक्षा लगायतका क्षेत्रमा विदेशी व्यापारीहरुलाई लगानी गर्न प्रोत्साहित गरेको छ। विश्व व्यापार संगठनको नियम र विदेशका लागि खुला हुने चीनको वचनबद्धता अनुसार, चीनले जम्मा 2300 वटा जति कानूनी दस्तावेजको आवश्यक व्यवस्था गरेको छ। तीमध्ये चीनले 830 वटा दस्ताबेजलाई खारेज गरेको छ भने 325 वटालाई संशोधन गरी आधारभूत रुपमा विदेश सम्बन्धी आर्थिक ऐन-कानूनको संशोधन कार्य समाप्त गरेको छ। चीन र विदेशको संयुक्त पूंजीमा सञ्चालित व्यवसाय सम्बन्धी ऐन, चीन-विदेश सहयोग व्यवसाय सम्बन्धी ऐन, विदेशी पूंजीद्बारा सञ्चालित व्यवसाय सम्बन्धी ऐनमा आधारित उक्त तीनवटा आधारभूत ऐनलाई आधार बनाएर तयार पारिएको विदेशी लगानी सम्बन्धी कानूनी प्रणाली आधारभूत रुपमा स्थापित भएको छ। विश्वमा सबैभन्दा राम्रा 500 वटा ठूला ढाँचाका कम्पनीले चीनमा लगानी गरेका छन्। विश्वका लगानीकर्ता र मौद्रिक क्षेत्रले लगानी सम्बन्धी वातावरण सबैभन्दा राम्रो भएका मुलुकहरुमध्ये चीन पनि एक हो भनी यसको उच्च मूल्यांकन गरेका छन्।