《श-लाङ्ग आफ्नी आमालाई हेर्न गएको कथा》

          दशौंदेखि बाह्रौं शताद्बिसम्म उत्तर-पूर्वी चीनमा एक अप्पसंख्यक जातीय सत्ता"लिआउ"र चीनको मुख्य र ठूलो सत्ता सुन वंश थियो।"लिआउ"सरकार पटक-पटक सुन वंशमाथि आक्रमण गर्नेगर्थ्यो। दुइवटा राज्य बीच सधैं युद्ध भइरहन्थ्यो। सुन वंशमा एउटा याङ्ग परीवार थियो। त्यस परीवारका बा, आमा र आठजना छोरा सबै सैनिक थिए र तिनिहरु ज्यादै शुर-बीर थिए।

          एक पटक "लिआउ"सत्ताका शासकले सुन वंशका सम्राटलाई"लिआउ"को भू-भागमा आई सम्झौता गर्न निम्ता पठाएका थिए। यो कुरा सक्कली कि नक्कली भन्ने कुरा थाहा नभएको अवस्थामा सुन वंशका सम्राटको सट्टामा याङ्ग परीवारका जेठा छोरा सम्राटको नाममा"लिआउ"को भू-भागमा सम्झौता गर्न गएका थिए। याङ्ग परीवारका अन्य सातजना भाइ जेठा दाजुको सुरक्षा गर्न सँगसँगै "लिआउ" गएका थिए।

          "लिआउ"को सेनाले लुकिछिपि याङ्ग परीवार "लिआउ" जाने बाटोमा तीनीहरुमाथि आक्रमण गरे। सो दुर्घटनामा याङ्ग परीवारका तीनजना छोरा मरे र एकजना छोरो श लाङ्ग पक्राउ परे। श लाङ्ग आफ्नो साँच्चै नाम लुकाएर अर्को थर"मु यी" राखिएको कारण मारिएका थिएनन।

            "लिआउ"सत्ताकी साम्राज्ञी सिआउले मु यी राम्रो र शक्तिशाली मानिस हो भन्ठानेर आफ्नी छोरी राजकुमारीको विवाह मुयीसँग गराइदिएकी थिइन्। मु यी दम्पत्ति बीच राम्रो माया-प्रिति थियो। पछि मु यीको छोरो पनि जन्म्यो। सुन वंश र "लिआउ"सत्ता बीच बारम्बार युद्ध भइरह्यो। पन्ध्र वर्षपछि "लिआउ"सत्ताले सुन वंशको राज्यमाथि फेरि आक्रमण गरिरहेको बेलामा याङ्ग श लाङ्ग र राजकुमारी पनि साम्राज्ञीका साथमा युद्बको मोर्चामा पुगेका थिए। सुन वंशका मार्शल याङ्ग श लाङ्गका भाइ याङ्ग लिउ लाम नै हो। याङ्ग श लाङ्गकी आमा श थाइ च्यून् पनि सेनामा सेवा गर्न मोर्चामा आएकी थिइन।

             याङ्ग श लाङ्गलाई सुन वंशको सैनिक शिविरमा आफ्नी आमासँग भेट्न मन लाग्यो। तर सम्राट सिआउसँग भएको काठबाट बनाएको पाटी हासिल नगरी सैनिक मोर्चा पार गर्न सकिंदैनथे। याङ्ग श लाङ्गलाई दिक्क लाग्यो। उनकी श्रीमती अर्थात् राजकुमारीले तिनीलाई धेरै पटक सोधपुछ गरेपछि याङ्ग श लाङ्गले भन्यो- म सुन वंशका जनरल हुँ। मेरो थर याङ्ग हो। मलाई सुन वंशको सैनिक शिविरमा गएर आफ्नी आमासँग भेट्ने मन लागेको छ। म तपाईंको मद्दत चाहन्छु। मायालु राजकुमारीले उनलाई सघाउनका लागि सम्राट सिआउको काठ-बोर्ड चोर्न स्विकार गरिन्। याङ्ग श लाङ्गले आफू छिटै फर्कने वचन दिएर गयो।

           राजकुमारीले आफ्नो सानो बच्चा बोकेर आमाकहाँ गइन्। उनले लुकिछिपी बच्चालाई पिटेपछि सम्राट सिआउले तुरुन्तै छोरीको बच्चालाई फुल्याउन थाले। राजकुमारीले बच्चालाई काठ-बोर्ड खेल्न मन पर्छ भनिन्। सम्राट सिआउले बच्चालाई धेरै माया गर्नेभएकाले काठ-बोर्ड दिएर भने- भोलि पल्ट फिर्ता गर्नुपर्छ नि। याङ्ग श लाङ्ग काठ-बोर्ड लिएर सुचारु रुपमा"लिआउ"सत्ताको सैनिक मोर्चा पार गरी सुन वंशको सीमा क्षेत्रमा पुगे। उसले याङ्ग लिउ लाङ्गसँग भेटेर रुँदै पन्ध्र वर्ष अघिको कुरा बारे स्मरण गराए। त्यसपछि याङ्ग श लाङ्गले आमालाई पनि भेट्नपाए। आमाले पनि धेरै वर्षसम्म बेपत्ता भएको छोरालाई देख्नपाएर साह्रै खुशी भइन। तिनीहरु कुरा गर्दा-गर्दै समय छिटै वित्यो। याम श लाङ्ग केही उपाय नलागेर आमालाई छोडेर लिआउ"सत्ताको शिविरतिर फर्के।

            याङ्ग श लाङ्गको वास्तविक अवस्था "लिआउ"सत्तालाई थाहा भयो। सम्राट सिआउलाई आफ्नो जुवाईं सुन वंशका जनरल भएको कुरा पहिले कदापि थाहा थिएन। आफ्नी छोरीले पनि याङ्ग श लाङ्गलाई सुन वंशको सीमा क्षेत्रमा गएर उनकी आमासँग भेट्न सहायता गरेकोमा सम्राटलाई धेरै रिस उठ्यो। सम्राटले याङ्ग श लाङ्ग लाई मार्न आदेश दिए। राजकुमारीले बच्चा लिएर आमाकहाँ गै क्षमा-याचना गरिन। त्यसपछि सम्राट सिआउले याङ्ग श लाङ्गलाई नमारिकन पछि याङ्ग श लाङ्गलाई आफ्ना आमा बा र दाजु-भाईसँग भेट-घाट गर्नदिन स्वीकृति जनाए।