फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राष्ट्रपति तथा प्रधानमन्त्री चिनियाँ परराष्ट्र मन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2014-12-27 10:21:23

           नेपालका राष्ट्रपति रामवरण यादव तथा प्रधानमन्त्री सुशील कोइरालाले 26 तारिख बेग्लाबेग्लै रुपमा राजधानी काठमाडौंमा चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नुभयो।

           भेटवार्तामा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नेपालले एक चीनको नीतिलाई द्दढतताका साथ कायम राख्दै जाने बताउँदै कसैलाई पनि नेपाली भूमिबाट चीन विरोधी गतिविधि गर्न गराउन नदिने आश्वासन दिनुभयो। उहाँहरुका अनुसार चीनको शान्ति विकासबाट पाइएको ठूलो उपलब्धीले क्षेत्रीय तथा सारा विश्वको अर्थतन्त्रको विकासका लागि ठूलो योगदान गरेको छ। परराष्ट्र मन्त्री वाङ्ग यीले नेपालको यस भ्रमणबाट नेपाल र चीनबीचमा नौ क्षेत्रको प्रभावकारी सहयोग गर्ने योजना प्रस्तुत गर्नुभएको थियो। जवाफमा यस ठूलो परिमाणको सहयोगले नेपालको अर्थतन्त्रको विकास र स्थिरतालाई प्रवर्द्धन गर्ने विश्वास पनि राष्ट्रपति र प्रधानमन्त्रीले गर्नुभयो।

           पररष्ट्र मन्त्री वाङ्ग यीले मैत्रीपूर्ण छिमेकी मुलुकको हैसियतले चीनले सधैं नै नेपाललाई सबैभन्दा महत्वपूर्ण सहयोगात्मक साझेदारमध्ये एकको रुपमा लिँदै आएको बताउनुभयो। चीन र नेपालले आपसी दौत्य सम्बन्ध स्थापनाको साठौं वार्षिकोत्सवको स्वागत गर्ने छन्। यी दुबै पक्षले आपसी द्बिपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्दै चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई प्रवर्द्धन गनसक्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ