फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सहमतिमा संविधान बन्ने चीनको आशा

(GMT+08:00) 2014-12-26 10:22:21

       चीनका विदेशमन्त्री वाङ यीले नेपालका राजनीतिक पार्टीहरु निर्धारित समयमै सहमतिका आधारमा संविधान जारी गर्न सफल हुने आशा व्यक्त गर्नुभएको छ। तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौंमा आज साँझ आयोजित रात्री भोजमा सम्बोधन गर्दै मन्त्री वाङले यो आशा व्यक्त गर्नुभएको हो।

       विभिन्न पार्टीका शीर्ष नेता, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु एवम निजामति क्षेत्रका विशिष्ट व्यक्तिहरु उपस्थित रात्री भोजमा मन्त्री वाङले चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने बताउनुभयो। उहाँले विकासका लागि राजनीतिक स्थिरता हुनुपर्ने धारणा राख्दै त्यसका लागि स्थायी संविधान आवश्यक हुने उल्लेख गर्नुभयो। संविधान बनाउने विषयमा नेपालका विभिन्न राजनीतिक दलहरुलाई एक आपसको मनमुटाव विर्सेर अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो।

       सन् 2022सम्ममा विपन्न राष्ट्रको सूचीबाट माथि उठ्ने नेपालको योजना संविधान बनेर राजनीतिक स्थायीत्व कायम भएमा त्यस अगाडि नै पूरा हुने विश्वास मन्त्री वाङले व्यक्त गर्नुभयो। नेपालमा प्रशस्त प्राकृतिक स्रोत साधन, युवा जन शक्ति,पूरानो इतिहास, विविधतायुक्त सँस्कृति भएकोले यसको समुचित प्रयोगले समृद्ध हुन लामो समय नलाग्ने उहाँको विश्वास छ।

       चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको साट्ठी वर्ष पूरा हुन लागेको सन्दर्भ उल्लेख गर्दै उहाँले यो कालखण्डमा दुई देश बीचको मित्रतामा कुनै समस्या उत्पन्न नभएको बताउनुभयो। उहाँले चीन र नेपाल बीचको सम्बन्ध अन्य छिमेकी देशहरु बीच एउटा नमूनाको रुपमा रहेको उल्लेख गर्नुभयो। चीनमा सि चिन फिङको नेतृत्वमा नयाँ सरकारको गठनपछि छिमेकीको सम्बन्धलाई अझै महत्व दिएको स्मरण पनि उहाँले गर्नुभयो। मन्त्री वाङले चीनले नेपाललाई एक महत्वपूर्ण साझेदार मानेको उल्लेख गर्दै यस पटकको भ्रमणमा विभिन्न नौ वटा विषयमा महत्वपूर्ण सहमति भएको जानकारी दिनुभयो।

       चीनले चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था अवलम्बन गरेको र यसैको कारण चीनले समृद्धि हासिल गर्नसकेको दाबी उहाँले गर्नुभयो। चीनले अवलम्बन गरेको यो व्यवस्थाको कारण चीनमा मात्र नभई नेपाल र अन्य देशलाई पनि फाइदा पुगेको उहाँले बताउनुभयो।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ